५ भदौ २०८३, शुक्रबार | August 21, 2026

पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ : पहिलो दिन १६ खेल सम्पन्न



बुटवल । प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को पहिलो दिन १६ खेलहरु सम्पन्न भएका छन । ३५ प्लस मेन्स सिङ्गल समुहमा सन्तोष खत्रीले नवीन श्रेष्ठलाई ६–२, ६–१, निरज थापाले अनिल सेन्चुरीलाई ६–१, ६–१ , अनिल शाहीले सबर मियालाई ६–१, ६–०, सन्जय प्रकाश श्रेष्ठले विकास गुरुङलाई ६–०, ६–०, लक्ष्मण तामाङले चुम बिक्रम शाहलाई ६–३, ६–४, राजन पौडेलले सोम रानालाई ६–०, ६–०, सिमान्त गुरुङले प्रकाश राज वाग्लेलाई ६–१, ६–२ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।

मेन्स सिङ्गलतर्फ आशिष खड्काले सम्भव बिक्रम शाहलाई ६–४, ६–३, प्रितम परियारले प्रमोद थापालाई ६–०, ६–०, निशान श्रेष्ठले निहालजंग थापालाई ७–६, ६–४, ६–४, विष्णु नेपालीले देवासिस राउलेलाई ६–२, ६–१, सन्तोष खत्री निजेश महर्जनलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरेका छन ।

यसैगरि ४५ प्लस मेन्स सिङ्गलमा विश्वास थापाले विष्णु प्रसाद चापागाईलाई ५–७, ६–२, ११–९, मनोज नेपालले सुनिल श्रेष्ठलाई वाकओभर, माधव भण्डारीले रामु बिकलाई ६–३, ६–१, नबिन चालिसेले मनोज ढुगानालाई ६–०, ६–० को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । यसैगरि ३५ प्लस मेन्स डबल्समा अर्जुन गुरुङ र सोम रानाको जोडीले राज गुरुङ र प्रकाशराज वाग्लेको जोडीलाई ६–४, ६–३, अनिल सेन्चुरी र चुम बहादुर शाहको जोडीले सबर मिया र शेषमणी चौधरीलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ९ : २३ बजे

जब एक चिनियाँ व्यक्ति गाउँ फर्किए, बनाए झुर ठाउँलाई ‘पर्यटकीय हब’

गुइयाङ (चीन) । मध्य चीनको हेनान प्रान्तको राजधानी झेङझाउस्थित फक्सकनको

रास्वपाको सचिवालयमा ९ जना थपिए, विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठन विस्तार तथा

कांग्रेस महाधिवेशन रोक्न देउवा-खड्का सर्वोच्चमा, अन्तरिम आदेश माग

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै

शंखमुलको होस्टलमा युवकको हत्या, एक जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा परिचय खुल्ने प्रमाणपत्र अनिवार्य

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेको निर्वाचनमा मतदान गर्न