५ भदौ २०८३, शुक्रबार | August 21, 2026

पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता-२०७९ : डबल्समा रितिक र निशान्तलाई सफलता



बुटवल । बुटवलमा जारी प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को मंगलबार भएको मेन्स डबल्सको फाईनलमा रितिक राना र निशान श्रेष्ठको जोडीले प्रदिप खड्का र नेहाल जेबि थापाको जोडीलाई ६-२, ६-४ अंकले पराजित गर्दै उपाधि चुमेका छन ।

यसैगरि ४५ प्लस पुरुष सिगलको फाईनलमा रोहित सुनुवारले बिमल गुरुङलाई पराजित गर्दै उपाधि चुमे । ४५ प्लस मेन्स डबल्समा गोपी भट्टराइ र धर्म सिह लामिछानेको जोडीले लोक गुरुङ र ईन्द्र गुरुङको जोडीलाई पराजित गर्दै उपाधि चुमे ।

५५ प्लस मेन्स डबल्समा कृष्ण गुरुङ र कमल थापाको जोडीले धर्म सिह लामागादे र राजु गुरुङको जोडीलाई ६-१, ७-५ को अंकले पराजित गर्दै उपाधि हात पारेका छन । वुमन्स डबल्समा माहिका राणा र रायना शाहको जोडीले अभिलाषा विष्ट र सुभाङगी आर एल शाहलाई ६-२, ६-२ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन ।

प्रतियोगिताको ४ वटा विधाको फाईनल खेल हुने छन । मेन्स सिगलमा उपाधिका लागि रितिक राना र प्रदिप खड्का बिच बुधबार फाइनल खेल हुने भएको छ । यसैगरि वुमन्स सिगलको उपाधिका लागि अभिलाषा विष्टले माहिका राणासंग भिड्ने भएकी छिन ।

यसैगरि ३५ प्लस मेन्स डबल्सको उपाधि कमल भण्डारी र सिमान्त गुरुङको जोडीले हात पारेका छन । फाईनल खेलमा निरज थापा र सुर्य भुजेलको जोडीलाई ६–०, ६–२ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन ।

मंगलबार भएको पहिलो सेमीफाईनलमा अभिलाषा विष्टले रायना शाहलाई ६-३, ६-४ को सेट तथा दोस्रो सेमीफाईनलमा माहिका राणाले प्रकृति श्रेष्ठलाई ६-४, ६-१ को सेटले जित निकाल्दै फाईनल भिडन्त पक्का गरेकी हुन् ।

यसैगरि ५५ प्लस मेन्सको उपाधिमा लागि कमल थापा र बिमल गुरुङ भिड्ने छन । यसैगरि ३५ प्लस सिगलको उपाधिका लागि सन्तोष खत्री र सिमान्त गुरुङ भिड्ने छन ।

मंगलबार सम्पन्न भएका फाईनल प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई एक समारोहका बिच नेपाल टेनिस संघका के महासचिव बिनोद कायस्थ, निवर्तमान अध्यक्ष मनोज राणा, रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, निवर्तमान अध्यक्ष सन्जय प्रकाश श्रेष्ठ, सल्लाहकार मनोज बस्नेतले पुरस्कार वितरण गरेका छन ।

चार विधाको फाईनल र औपचारिक कार्यक्रम भने बुधबार बिहान हुने संघका सचिव सब्बर मियाले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ५ : ३३ बजे

जब एक चिनियाँ व्यक्ति गाउँ फर्किए, बनाए झुर ठाउँलाई ‘पर्यटकीय हब’

गुइयाङ (चीन) । मध्य चीनको हेनान प्रान्तको राजधानी झेङझाउस्थित फक्सकनको

रास्वपाको सचिवालयमा ९ जना थपिए, विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठन विस्तार तथा

कांग्रेस महाधिवेशन रोक्न देउवा-खड्का सर्वोच्चमा, अन्तरिम आदेश माग

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै

शंखमुलको होस्टलमा युवकको हत्या, एक जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा परिचय खुल्ने प्रमाणपत्र अनिवार्य

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेको निर्वाचनमा मतदान गर्न