२३ भदौ २०८३, मंगलबार | September 8, 2026

जनताको भावना अनुसारको राष्ट्रिय नीति बनेन – सभामुख घर्ती



बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले जनताको भावना अनुसारको राष्ट्रिय नीति नबनेको बताएका छन ।

उनले समग्रमा राष्ट्रिय नीति कमजोर भएकै कारण खुल्ला सीमानाको समस्या भोग्नु परेको बताए ।

खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको आईतबार बुटवलमा सम्पन्न १६ औं वार्षिक साधारण सभामा बोल्दै नीति नहुंदा थिति नबसेको हो भने ।

उनले नीति तथा कानुन बनाउन नागरिकस्तरबाट तिनै तहका सरकारलाई दवाव दिनुपर्नेमा जोड दिए । कमजोर खालको नीति तथा कानुन भएकाले खुल्ला सीमानाले सबै क्षेत्रका साना ठूला व्यवसायी र आमनागरिकले ठूलो समस्या भोग्नु परेको बताए ।

उनले लुम्बिनी प्रदेशमा निम्न वर्गको हितमा कानुन बनाउने प्रतिवद्वता जनाउंदै विकास माग्न भन्दा देशलाई चाहिने खालको कानुन माग्न आग्रह गरे । साना व्यवसायीलाई संरक्षण गर्ने गरी स्थानीय तहले ऐन बनाउनु पर्नेमा जोड दिए ।

बुटवल उपहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले व्यवसाय सञ्चालन गर्दा घरधनी र व्यवसायीवीच भएको सम्झौताबारे यथार्त कुरा बाहिर नआउंदा समस्या आएको बताए । उनले व्यवसायीका समस्या पहिचान गरी समाधान गरिने आश्वासन दिए ।

खुल्ला सीमानाले साना व्यवसायी प्रत्यक्ष मारमा परेको खुद्रा किराना व्यवसायी संघका सल्लाहकार कृष्णप्रसाद पाण्डेले बताए । खुल्ला सीमानाका कारण स्वदेशी उत्पादनले मुल्य नपाएको र अबैध व्यापार बढेको बताए ।

खुल्ला सीमाना नियन्त्रण गरी बैंकको महङो व्याज र मनोमानी बढाईएको घरभाडा घटाउन सरकारसंग खुद्रा किराना व्यवसायीको माग छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता हकिकुल्ला खां, एमालेका खेम लुइटेल, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, संघका पूर्व अध्यक्ष कमला गौतम, टिकाराम गैरे, ज्ञानप्रसाद न्यौपाने, पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल लगायतले बोलेका थिए ।

संघका अध्यक्ष मोहनप्रसाद बस्याल र महासचिव गोपाल प्रधानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ६ : ०७ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३