१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

अक्सफोर्ड माविमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई नगद सहित पुरस्कृत



बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले प्रजातन्त्र दिवसको अवसर पारी कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशित तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ ।

आइतबार माघ महिनामा लिएको दोस्रो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गर्दै अक्सफोर्डले ६३ जना मावि तहका विद्यार्थीलाई नगद तथा तीन महिनाको मासिक शुल्कमा छुट सहित पुरस्कृत गरेको हो ।

कक्षा ११ र १२ मा अध्ययनरत दोस्रो त्रैमासिक परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये ३ दशमलव ६५ जि.पि.ए ल्याउने १७ जना विद्यार्थीहरुलाई नगद र १० हजार तथा ३ महिनाको मासिक शुल्क छुट साथै ३ दशमलव ४४ जिपिए भन्दामाथि ल्याउने ४६ जना परीक्षार्थीहरुलाई नगद तीन हजार र ३ महिनाको मासिक शुल्कमा छुट सहित सम्मान तथा पुरस्कृत गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले जानकारी दिए ।

उत्कृष्ट नजिता हासिल गर्ने विद्यार्थीका विद्यार्थीहरुको सहभागिता समेत रहेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उत्कृष्ट जि.पि.ए ल्याउने विद्यार्थीका अभिभावकलाई समेत सम्मान गरिएको थियो । प्राचार्य भुसालका अनुसार उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई थप प्रोत्साहन मिलोस भनेर निरन्तर विद्यालयले सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गर्दै आएको हो

यस्तै माघको अन्तिम साता विद्यालयले गरेको वेभ प्रोजेक्ट डेभलपमेन्ट कम्पिटिशनमा उत्कृष्ट प्रर्दशन गरेका कक्षा १२ मा अध्ययनरत अर्पनको समूह प्रथम, सविनको समूह द्वितिय र आशिषको समूह तृतिय भएका यस्तै कक्षा ११ तर्फ विकल्प खत्रीको समूह प्रथम, अंकितको समूह र रोजनको समूह द्वितिय र अनुपको समूह तृतिय भएका थिए ।

उक्त कार्यक्रममा प्रथम, द्वितिय तथा तृतीय हुने विद्यार्थीहरुलाई नगद सहित प्रमाण पत्रले सम्मान गरिएको अक्सफोर्ड माविका प्राध्यापक सुमन भुसालले जानकारी दिए । यस्तै हालै बुटवलमा सम्पन्न भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ मा सहभागी भइ बुटवल उपमहानगरपालिकामा तृतीय स्थान प्राप्त गर्न सफल भएकोमा विभिन्न विधामा उत्कृष्ट १० खेलाडी विद्यार्थीलाई सम्मान सहित पुरस्कृत गरिएको प्राध्यापक भुसालले बताए ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य ललितप्रसाद खरेल, अक्सफोर्ड कलेजका क्याम्पस प्रमुख मनोज मरासिनी, अध्यक्ष अजित खनाल, नारायण सापकोटा लगायतले विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गर्दै बधाई तथा शुभकामना दिएका थिए ।

विद्यालयका प्राध्यापक नारायण सापकोटाको सञ्चालनमा भएको कार्यक्रम शैक्षिक तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल भूमिका निर्वाह गरेका शिक्षक तथा कर्मचारी तर्था विज्ञान र व्यवस्थापनमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको विद्यालयका शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ६ : २३ बजे

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास

जाँचबुझ आयोगको प्रतिवेदन अधुरो र अपूर्ण : कांग्रेस

ललितपुर । नेपाली कांग्रेसले जेनजी आन्दोलनबारे तयार गरिएको जाँचबुझ आयोगको

रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन, रातभरमा मन्त्री छानिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र