७ श्रावण २०८३, बिहिबार | July 23, 2026

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री अहिरको सपथग्रहण आज



बुटवल । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्री भण्डारीलाल अहिरलाई आज सपथग्रहण गराइने भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेता अहिरलाई आइतबार मुख्यमन्त्री लिला गिरीको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहान ११ बजे पद तथा गोपनीयताको शपथ खुवाउने छन् । लुम्बिनी प्रदेश सरकारमा जसपा सहभागी भएको हो । लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् । भण्डारीलाल बाँके क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् ।

मुख्यमन्त्री चयनको बेला विश्वासको मत दिएको जसपा माघ २८ मा बिस्तार गरिएको मन्त्रिमण्डलमा अटाएको थिएन ।

यसअघि कृषिमन्त्री रहेका एमालेका तुल्सीराम शर्मालाई विनाविभागीय मन्त्री बनाइएको छ । शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्ने गरी जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ८ : ३९ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी