४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री अहिरको सपथग्रहण आज



बुटवल । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्री भण्डारीलाल अहिरलाई आज सपथग्रहण गराइने भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेता अहिरलाई आइतबार मुख्यमन्त्री लिला गिरीको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहान ११ बजे पद तथा गोपनीयताको शपथ खुवाउने छन् । लुम्बिनी प्रदेश सरकारमा जसपा सहभागी भएको हो । लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् । भण्डारीलाल बाँके क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् ।

मुख्यमन्त्री चयनको बेला विश्वासको मत दिएको जसपा माघ २८ मा बिस्तार गरिएको मन्त्रिमण्डलमा अटाएको थिएन ।

यसअघि कृषिमन्त्री रहेका एमालेका तुल्सीराम शर्मालाई विनाविभागीय मन्त्री बनाइएको छ । शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्ने गरी जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ८ : ३९ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको