२५ जेष्ठ २०८३, सोमबार | June 8, 2026

नवनियुक्त मन्त्री भण्डारीलाल अहिरको नियुक्ति फिर्ता लिन जसपा नेपालको माग



नेपालगन्ज । जसपा नेपालले लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरलाई नियुक्त गरिएकोमा आपत्ति प्रकट गरेको छ ।

सोमबार जसपा नेपालका प्रवक्ता मनिषकुमार सुमनले प्रेस विज्ञप्ति जारी गरी मन्त्री अहिरको नियुक्ति प्रति आपत्ति जनाउँदै अहिरलाई हटाउन माग गरेका हुन्। भण्डारीलाल अहिरलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रवक्ता सुमनले माग गरेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार मात्रै अर्का मन्त्री आदेश कुमार अग्रवालबाट राजिनामा लिएर अहिरलाई मन्त्री नियुक्त गरेका थिए। उनलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ।

सर्वोच्च अदालतले जसपा नेपालबाट विभाजन भएको जसपालाई मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ। त्यसकै आधारमा प्रवक्ता सुमनले अब सबै जसपा नेपाल अन्तर्गत रहेको जिकिर गर्दै बिधि र प्रक्रिया बिना मन्त्री नियुक्त गरेर मुख्यमन्त्री आचार्यले लोकतन्त्र माथि प्रहार गरेको उल्लेख गरेका छन् । उनले अदालतको आदेशको विपरित मन्त्री नियुक्ति गरिएको जिकिर गर्दै निर्णय नसच्याइए प्रदेश प्रमुख, मुख्यमन्त्री र एमाले कांग्रेस विरुद्ध सशक्त कानुनी प्रक्रियामा जाने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ९ : २१ बजे

स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकल कलेजमाथि सरकारले थाल्यो कारबाही प्रक्रिया

काठमाडौँ । स्वीकृति पाएकोभन्दा बढी शय्या थपेर सञ्चालन गरिरहेका मेडिकल

आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगमा दिगो आर्थिक स्रोतको व्यवस्थापन हुन

नवनियुक्त मन्त्री भण्डारीलाल अहिरको नियुक्ति फिर्ता लिन जसपा नेपालको माग

नेपालगन्ज । जसपा नेपालले लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरलाई

विद्युत् महसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई