१० मंसिर २०८३, बिहिबार | November 26, 2026

चल्यो अध्यागमनको सर्भर, अन्तर्राष्ट्रिय उडान नियमित



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको हवाई उडान अहिले नियमित रुपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवाघण्टा अवरुद्ध भएको उडान सेवा अहिले नियमित सञ्चालन भइरहेको छ । “अध्यागमनको सर्भर डाउन हुँदा सवाघण्टा उडान सेवा प्रभावित भएको थियो । दिउँसो २:३५ देखि नियमित उडान भइरहेको छ”, उनले भने ।

अन्तर्राष्ट्रिय उडानका विभिन्न गन्तव्यमा आवतजावत गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको थियो । उडान अवतरण भए पनि लामो समय सम्बन्धित गन्तव्यका जहाजले उडान भर्न नसक्दा यात्रु मर्कामा परेका थिए ।

यसअघि पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ३ : ४३ बजे

Your email address will not be published.

विश्व दिगो यातायात दिवस आज, दिगो विकासमा यातायातको महत्त्वमा जोड

काठमाडौं । विश्व दिगो यातायात दिवस आज विश्वभर विभिन्न कार्यक्रम

स्रोत नखुलेको रकमसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित दुई जना

सुनचाँदीको मूल्य सामान्य बढ्यो

काठमाडौं । स्थानीय नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ। छापावाल

कृषिमन्त्री चौधरीद्वारा मासु भण्डारण केन्द्रको अनुगमन

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बालाजु र

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई