८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

धार्मिक पर्यटन प्रवर्धन गर्दै बागेश्वरी मन्दिरमा ‘महाआरती’



नेपालगन्ज । नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा सुरु भएको साप्ताहिक ‘महाआरती’ ले धार्मिक पर्यटन प्रवर्धन गरेको छ । प्रत्येक सोमबार हुने महाआरतीमा सहभागी हुन भक्तजनको घुइँचो लाग्ने गरेको छ । महाआरतीमा नेपालगन्ज नगरवासीलगायत टाढा–टाढाबाट स्वःस्फुर्तरूपमा भक्तजन सहभागी हुने गरेका छन् ।

बागेश्वरी मन्दिरमा चौथो महाआरतीमा सोमबार अहिलेसम्मकै सबैभन्दा धेरै भक्तजनको घुइँचो लागेको बागेश्वरी गुठी व्यवस्थापन समितिले जनाएको छ । पण्डित वा बटुकद्वारा बैद्धिकमन्त्र उच्चारण गरी सङ्कल्पसहित पूजाअर्चना गरेर धार्मिक विधिअनुसार महाआरती गरिने बागेश्वरी मन्दिरका मूल महन्थ चन्दननाथ योगी बताउँछन् ।

उनका अनुसार महाआरतीमा तीन जना पण्डितले चारै दिशातर्फ फर्किएर आरतीका विधि पूरा गर्ने र सन्ध्या आरतीपछि भजनकीर्तन पनि गर्ने गरिएको छ । महाआरतीमा सहभागी हुँदा पितृमोक्षका साथै मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

‘वेष्टर्न ट्राभल मार्ट’को अवसरमा गत माघ १५ गतेदेखि साप्ताहिकरूपमा बागेश्वरी मन्दिरमा महाआरती सुरु गरिएको थियो । ट्राभल एजेन्ट्स एशोसिएशन अफ नेपाल (नाट्टा) बाँके च्याप्टरको पहलमा बागेश्वरी गुठी व्यवस्थापन समिति र नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा प्रत्येक सोमबार अपराह्न ५ बजेपछि महाआरती हुने गरेको छ ।

महाआरतीको अवसरमा बागेश्वरी मन्दिर परिसरमा भक्तजनले स्वःस्फुर्तरूपमा भजनकीर्तन र नाचगान गर्ने गरेका छन् । बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीले धार्मिक पर्यटक प्रवद्र्धनमा सघाउ पुगेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बागेश्वरी मन्दिरमा महाआरती सञ्चालन गर्न नेपालगञ्ज उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिए । महाआरतीले धार्मिक पर्यटन प्रवद्र्धनका साथै नगरवासीमा धार्मिक आस्थाप्रति रुचि बढ्ने उनको भनाइ छ । -रासस

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १० : ०८ बजे

आफ्नो फाइल खेल्न सरकारलाई आरजुको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा

धुलिखेल-खावा सडक : दुई दिन राजमार्ग बन्द गरेर विस्तारको काम

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्ड बन्द गरेर विस्तारको

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई एमाले अध्यक्ष ओलीको आग्रह

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

नाराबाजीका बीच प्रतिनिधिसभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्षी दल नेपाली

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाविरूद्ध पक्राउ पूर्जी