५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

कम्बोडियाद्वारा शान्ति सेनामा नयाँ फौज परिचालन



नोमपेन । कम्बोडियाले सेन्ट्रल अफ्रिकन रिपब्लिक (सीएआर) मा ९८ शान्ति सैनिकको नयाँ फौज पठाएको छ । युद्धग्रस्त सीएआरमा शान्ति स्थापना गर्ने संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा १० महिलासहित ९८ शान्ति सैनिकको नयाँ समूह पठाइएको सरकारी अधिकारीहरूले बताएका छन् ।

सैनिकहरूको बिदाइ समारोहमा बोल्दै नेशनल सेन्टर फर पिसकिपिङ फोर्सका महानिर्देशक जनरल सेम सोभानीले सीएआरमा सेनाले एक वर्षको कार्यादेश पूरा गरेको तथा नयाँ फौजले आठौँ समूहलाई प्रतिस्थापन गर्ने बताए । सीएआरमा देशको फौज परिचालनले द्वन्द्वग्रस्त देशहरूमा शान्ति र स्थिरता कायम गर्ने कम्बोडियाको निरन्तर योगदानमा संयुक्त राष्ट्रसङ्घप्रतिको विश्वासलाई झल्काएको उनले बताए । उनले कम्बोडियाली शान्ति सैनिकले वारुदी सुरुङ र विस्फोटक हतियार व्यवस्थापनमा काम गर्ने जानकारी पनि दिए ।

दक्षिणपूर्वी एसियाली राष्ट्र कम्बोडियाले पहिलो पटक सन् २००६ मा राष्ट्रसङ्घीय शान्ति सेनामा आफ्नो फौज पठाएको थियो । कम्बोडियाले हालसम्म लेबनान, माली, साइप्रस र यमन सुडान, दक्षिण सुडान, सिरियामा मिसनमा छ सय ८१ महिलासहित आठ हजार आठ सय ५९ शान्ति सैनिक परिचालन गरेको छ ।

कम्बोडियाका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक जोसेफ स्च्युरले विश्व शान्ति र सुरक्षामा योगदान गर्न कम्बोडियासहित अन्य देशले फौज परिचालन गरेकामा ती देशप्रति आभार व्यक्त गर्दै शान्ति सेनाको साहस र समर्पणको प्रशंसा गरे । उनले विष्फोट पदार्थको समुचित व्यवस्थापनमा कम्बोडियाली सेनाको विशेषज्ञता सीएआरमा महत्वपूर्ण हुने बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ४ : ०६ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन