१६ असार २०८३, मंगलबार | June 30, 2026

रूपन्देही सुपरलिग : देवदह क्रिकेट युनिट १५ रनले विजयी



भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को मंगलबारकोे खेलमा देवदह क्रिकेट युनिट विजयी भएको छ । देवदहले शंकरनगर क्रिकेट क्लबलाई १५ रनले पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको देवदहले निर्धारित ४८ ओभरको खेलमा २४.४ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय २३ रनको सामान्य योगफल बनायो । उसका लागि विनित कार्कीले ४४, क्षितिज थापाले २२, कृष्ण पासीले १७ र सुरज खड्काले १४ रन बनाए ।

८ ओभर बलिङ गरेका शंकरनगरका महेन्द्र सुवेदीले ३ मेर्डन राख्दै ३४ रन खर्चेर ६ विकेट लिए । यस्तै, विपिन भट्टराईले २ तथा केशव पौडेल र विष्णु पाण्डेले समान १-१ विकेट लिए ।

प्रतिउत्तरमा १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको शंकरनगर २४.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८ रनमै समेटियो र हार व्यहोर्यो । उसका लागि हार्दिक थापाले नटआउट ६८ र विष्णु पाण्डेले १५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न नसक्दा टिम पराजित हुन पुग्यो ।

बलिङमा देवदहका अर्जुन रायमाझीले ५, रोशन गौतमले ३ तथा सुरज खड्काले २ विकेट लिए । खेलमा देवदहका अर्जुन रायमाझी म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ४ : ५३ बजे

रास्वपाले सच्यायो महाधिवेशनको नतिजा, बढी मत ल्याएका दुई उम्मेदवारलाई केन्द्रीय सदस्य घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । हेटौँडा-काठमाडौं सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भरेङडाँडामा बिहानैदेखि

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ