४ पुस २०८२, शुक्रबार | December 19, 2025

पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता-२०७९ : डबल्समा रितिक र निशान्तलाई सफलता



बुटवल । बुटवलमा जारी प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को मंगलबार भएको मेन्स डबल्सको फाईनलमा रितिक राना र निशान श्रेष्ठको जोडीले प्रदिप खड्का र नेहाल जेबि थापाको जोडीलाई ६-२, ६-४ अंकले पराजित गर्दै उपाधि चुमेका छन ।

यसैगरि ४५ प्लस पुरुष सिगलको फाईनलमा रोहित सुनुवारले बिमल गुरुङलाई पराजित गर्दै उपाधि चुमे । ४५ प्लस मेन्स डबल्समा गोपी भट्टराइ र धर्म सिह लामिछानेको जोडीले लोक गुरुङ र ईन्द्र गुरुङको जोडीलाई पराजित गर्दै उपाधि चुमे ।

५५ प्लस मेन्स डबल्समा कृष्ण गुरुङ र कमल थापाको जोडीले धर्म सिह लामागादे र राजु गुरुङको जोडीलाई ६-१, ७-५ को अंकले पराजित गर्दै उपाधि हात पारेका छन । वुमन्स डबल्समा माहिका राणा र रायना शाहको जोडीले अभिलाषा विष्ट र सुभाङगी आर एल शाहलाई ६-२, ६-२ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन ।

प्रतियोगिताको ४ वटा विधाको फाईनल खेल हुने छन । मेन्स सिगलमा उपाधिका लागि रितिक राना र प्रदिप खड्का बिच बुधबार फाइनल खेल हुने भएको छ । यसैगरि वुमन्स सिगलको उपाधिका लागि अभिलाषा विष्टले माहिका राणासंग भिड्ने भएकी छिन ।

यसैगरि ३५ प्लस मेन्स डबल्सको उपाधि कमल भण्डारी र सिमान्त गुरुङको जोडीले हात पारेका छन । फाईनल खेलमा निरज थापा र सुर्य भुजेलको जोडीलाई ६–०, ६–२ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन ।

मंगलबार भएको पहिलो सेमीफाईनलमा अभिलाषा विष्टले रायना शाहलाई ६-३, ६-४ को सेट तथा दोस्रो सेमीफाईनलमा माहिका राणाले प्रकृति श्रेष्ठलाई ६-४, ६-१ को सेटले जित निकाल्दै फाईनल भिडन्त पक्का गरेकी हुन् ।

यसैगरि ५५ प्लस मेन्सको उपाधिमा लागि कमल थापा र बिमल गुरुङ भिड्ने छन । यसैगरि ३५ प्लस सिगलको उपाधिका लागि सन्तोष खत्री र सिमान्त गुरुङ भिड्ने छन ।

मंगलबार सम्पन्न भएका फाईनल प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई एक समारोहका बिच नेपाल टेनिस संघका के महासचिव बिनोद कायस्थ, निवर्तमान अध्यक्ष मनोज राणा, रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, निवर्तमान अध्यक्ष सन्जय प्रकाश श्रेष्ठ, सल्लाहकार मनोज बस्नेतले पुरस्कार वितरण गरेका छन ।

चार विधाको फाईनल र औपचारिक कार्यक्रम भने बुधबार बिहान हुने संघका सचिव सब्बर मियाले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ५ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको