७ माघ २०८२, बुधबार | January 21, 2026

पाँचौ राष्ट्रिय यु–१९ क्रिकेटको फाईनलमा सिईसी



बुटवल । देवदहमा जारी खड्ग प्रसाद गौचन स्मृति पाँचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिईसी काठमाडौंले फाईनलमा स्थान बनाएको छ । मंगलबार भएको पहिलो सेमीफाईनलमा काशी नोबेल एकेडेमीलाई २४ रनको पराजित गर्दै सिईसी फाईनलमा स्थान बनाएको हो ।

देवदह क्रिकेट मैदानमा भएको पहिलो सेमीफाईनलमा सिईसीले टस जित्दै २९.३ ओभरमा सबै बिकेट गुमाएर केवल १ सय १० रनको लक्ष्य तयार पारेको थियो । उसका लागि सिद्धार्थ साउदले ६६ बलमा ३६ रनको नटआउट पारी खेले ।

यसैगरि पारस एैरले १४ बलमा ११ रन जोडेका थिए । कम स्कोरलाइ रोक्न काशीका अर्जुन करुषले ८ ओभरमा १४ रन खर्चेर ३ बिकेट लिए । यसैगरि सन्तोष जिसी र सन्तोष यादवले समान ३–३ बिकेट लिए । काशीका ब्याट्सम्यानहरु २९.२ ओभरमा सबै बिकेट गुमाएर केवल ८६ रनमा समेटिए । काशीका आशिष रोक्काले ४६ बलमा २६ र सिद्धार्थ अधिकारीले २५ बलमा १३ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन ।

सिईसीका धयानन्द मण्डलले ७ ओभरमा १ मेडल सहित १९ रन खर्चेर ३ तथा क्याप्टेन करण घर्ती मगरले ६ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ३ बिकेट लिए । सिईसीका दयानन्द मण्डल खेलमा म्यान अफ दी म्याच घोषित भए ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १० : २१ बजे

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व

प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा

नवलपुर-१ मा कांग्रेसभित्र किचलो, दुई उम्मेदवारको मनोनयन दर्ता

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा