३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

लिभरपुलमाथि रियल मड्रिडको सानदार पुनरागमन जित



काठमाडौं । सुरुवाती अवस्थामा नै २ गोलले पछि परेको स्थितिलाई उल्टाएर स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब लिभरपुलमाथि सानदार जित हासिल गरेको छ ।

युइएफए च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा रियलले घरेलु टोली लिभरपुलमाथि ५-२ गोलको जित दर्ता गर्‍यो । रियलको सानदार जितका लागि भिनिसियस जुनियर र कप्तान करिम बेञ्जेमाले समान २-२ गोल गरे । यस्तै, एडर मिलिसाओले १ गोल गरे ।

लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहले १-१ गोल गरे । खेलको सुरुवाती १४ मिनेटमा लिभरपुलले २-० अग्रता लिइसकेको थियो। तर त्यसलाई जोगाउन सकेन ।

२१ औं मिनेटमा भिनिसियसले पेनाल्टी बक्सभित्रबाट गोल गर्दै रियललाई खेलमा फर्काए । त्यसपछि ३६ औं मिनेटमा दोस्रो गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।

४७ औं मिनेटमा एडर मिलिसाओले गोल गर्दै रियललाई ३-२ को अग्रता दिलाए । ५५ औं मिनेटमा कप्तान बेञ्जेमाले गोल गर्दै रियललाई ४-२ को अग्रतासहित जिततर्फ अग्रसर गराए । कप्तान बेञ्जेमाले ६७ औं मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौं गोल गरे ।

यो जितसँगै रियलले लिभरपुलसँगको अपराजित यात्राको शीलशीलालाई ६ खेलसम्म पुर्‍याएको छ । लिभरपुलविरुद्ध रियलले ५ जित र १ बराबरीको नतिजा निकालेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ७ : २४ बजे

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

मानव सेवा आश्रमको मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालगन्ज । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार