५ भदौ २०८३, शुक्रबार | August 22, 2026

तीनदलको वार्ता बिना निश्कर्ष स्थगित, प्रचण्डको भोलि एमाले अध्यक्ष ओलीसंग निर्णायक वार्ता हुने



काठमाडौँ । बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक बिना निष्कर्ष स्थगित भएको छ ।

राष्ट्रपति निर्वाचनकाबारेमा विभिन्न विकल्पमा छलफल भएपनि कुनै सहमति नभए पछि बैठक निश्कर्ष ननिकाल िस्थगित भएको हो । बैठकमा सहभागी एक नेताका अनुसार भोलि पुनः बैठक बसेर सहमति गर्ने सहमति भएको छ ।

बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार फाइनल वार्ता गर्ने बताएका छन् ।

प्रचण्डले राष्ट्रपतिको विषयमा सबैसँग छलफल चलिरहेको भएपनि सहमति भने नजुटेको बताए । ‘छलफल चलिराख्या छ, फाइनल भइसकेको छैन । कुन दलले राष्ट्रपति पाउने भन्ने अहिले भइसकेको छैन’, उनले भने ।

उनले नेकपा ब्युँताउने वा पुरानो गठबन्धन ब्युँताउने भन्नेबारे केही टुंगो नलागेको पनि बताए ।

जसपाका नेता राजेन्द्र श्रेष्ठले शुक्रबार बिहान ८ बजे कांग्रेससहितको बैठक बस्ने सहमति भएको बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ९ : ३२ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको