२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

धनगढीलाई पाँचौ खड्ग प्रसाद गौचन क्रिकेट प्रतियोगिताको उपाधि



बुटवल । पाँचौ खड्ग प्रसाद गौचन स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९ को उपाधि धनगढी क्रिकेट एकेडेमीले हात पारेको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा विहिबार भएको फाईनल खेलमा धनगढीले सिईसी, काठमाण्डौमाथि २ विकेटले जित निकाल्दै उपाधि हात पारेको हो । उपाधिसंगै धनगढी नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । सिईसी भने नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा धनगढीका सौर्य श्रेष्ठ म्यान अफ द सिरिज बन्दै नगद ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । श्रेष्ठ उत्कृष्ट बलर समेत घोषित भए । धनगढीका निशान्त रेग्मी उत्कृष्ट ब्याट्सम्यान, ईमेर्जिङ प्लेयर्सबाट न्यु होराईजनका सुमन खनाल घोषित हुँदै नगद ३ हजार रुपैया, कप, मेडलबाट पुरस्कृत भए ।

सिद्धार्थनगर क्रिकेट रंगशालामा भएको फाईनल खेलमा टस जितेर धनगढीले सिईसीलाई ब्याटिङको निम्तो दिएको थियो । सिईसीले ३९.२ ओभरमा सबै बिकेट गुमाएर १ सय ४९ रनको लक्ष्य खडा गरेको थियो । सिईसीका लागि स्मिथ बुढाले ४६, उमकार यादवले २५ तथा सिद्धार्थ साउदले २० रनको योगदान दिए ।

धनगढीका निशान्त रेग्मी, सचिन साउद र निरज एैरले समान २–२ विकेट लिए । मध्यम स्कोर पछ्याएको धनगढी ३१ ओभरमा ८ विकेटको नोक्सानीमा जित हासिल गर्यो । धनगढीका निरज एैरले नटआउट ३९ तथा रबिन्द्र कुवरले ३० रनको योगदान दिए । सिईसिका करण घर्ती मगर, ओमकार यादव र सौर्य श्रेष्ठले समान २–२ विकेट लिए । खेलमा म्यान अफ दि म्याच निरज एैरबाट पुरस्कृत भए ।

एक समारोहका बीच ओमसतिया गाउपालिकाका अध्यक्ष मन्जित कुमार यादव, गापा उपाध्यक्ष सुनिता चौधरी, सदस्य गुन्जा चौधरी, शक्ति गौचनका मुमा रामकुमारी गौचन, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापालगायतले विजेता, उपविजेता खेलाडी तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा ओमसतिया गाउपालिकाका अध्यक्ष मन्जित कुमार यादवले खेलकुद विकासमा आफू निरन्तर लाग्ने बताए । पहिलो चरणको लिग र सेमिफाइनल खेलहरु देवदह क्रिकेट मैदानमा खेलाईएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ९ : ४७ बजे

क्यान्सर अस्पतालको प्रयोगशाला र एक्सरे सेवा २४ सै घण्टा संचालन

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

हिरोसिमा । जापानको हिरोसिमा सहरले अमेरिकी आणविक बम आक्रमणको ८१औँ

मृग जोगाउने क्रममा पल्टिँदा ट्याङ्करमा आगलागी

जनकपुरधाम । मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर रौतहटको

ग्वार्को फ्लाइओभर बस दुर्घटना अपडेट : एक महिलाको मृत्यु, १९ जना घाइते 

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना

कांग्रेस-विवाद : देउवा-खड्काको पुनरावलोकन निवेदनमाथि सर्वोच्चमा सुनुवाइ

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध