७ श्रावण २०८३, बिहिबार | July 23, 2026

लागुऔषधसहित ९ जना पक्राउ



काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ परेका छन् । रूपन्देहीको बुटवल उपमहानगरपालिका-१२ ढवाहा पिसपार्कस्थित खाजा घरबाट अवैध लागुऔषध चरेश १४ केजीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उक्त खाजा घरका संचालक ६५ वर्षीय काशी प्रसाद छन्त्याल, ।बाग्लुङ निस्ती गाउँपालिका(६ घर भएकी ५० वर्षीया बिरमा बुढा र ३० वर्षीया जेनी घर्तिमगर रहेका छन् । विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

सिरहाको सिरहा नगरपालिका-१६ स्थित माडर मिलनचोक जाने सडकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय ४० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कल्याणपुर नगरपालिका(३ बस्ने २३ वर्षीय प्रमोद कुमार मण्डल, १९ वर्षीय जितेन्द्र कुमार महरा र १९ वर्षीय बीरेन्द्र कुमार मण्डल रहेका छन् ।

ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरीले स.१० प ४३९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-३ मुलपानी टोलबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९० मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २१ वर्षीय अशोक बुढालाई प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको जानकी गाउँपालिका-९ कटासेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँस्थित कुन्ती टोल बस्ने २९ वर्षीय हर्क परियार र १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी अमरावतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १ : २२ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी