४ पुस २०८२, शुक्रबार | December 19, 2025

देवदह बोर्डिङले सप्ताहव्यापी कार्यक्रम गरेर रजत महोत्सव मनायो



बुटवल । रुपन्देहीको देवदहमा स्थापित देवदह इङलिस माध्यमिक विद्यालय पिपलडाँडाले आफ्नो २७ औं वार्षिकोत्सव तथा रजत महोत्सव शुक्रबार मुल कार्यक्रम गरेर मनाएको छ । विद्यालयले स्थापनाकालदेखि विद्यालयसँग जोडिएका शैक्षिक ब्यक्तित्व, समाजसेवी, पुर्व विद्यार्थी तथा वर्तमान उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरेर रजत महोत्सव मनाएको हो ।

विद्यालयले नगर स्तरीय सरसफाई, निःशुल्क स्वास्थ्य शिविर, नगर स्तरीय विभिन्न खेलकुद तथा पुरस्कार वितरण लगायतका सप्ताहब्यापि कार्यक्रम गरेर रजत महोत्सव मनाएको विद्यालयका संस्थापक प्राचार्य विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनले गुणस्तरीय शिक्षासँगै, सीप मुलक, विद्यार्थीमा आचरण सहितको संस्कारयुक्त शिक्षण सिकाईलाई जोड दिदै विद्यालयमा नयाँ कार्यक्रमको सुरुवात गरिने बताए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले विद्यालयमा विद्यार्थीको उल्लेखनीय सहभागिता गराउनका लागि प्रदेशले नयाँ कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।

विद्यालयका विभिन्न बार्षिक तथा रचनात्मक कार्यक्रममा विद्यार्थीसँगै अभिभावकको उपस्थिती कम भएको उल्लेख गर्दै उनले कक्षामा विद्यार्थी र कार्यक्रममा अभिभावकको संख्या बढाउन नयाँ कार्यक्रम आवश्यक रहेको चर्चा गरे । उनले प्रदेको शैक्षिक विकासका लागि कुरा र पहुँच वृद्धि गर्नुभन्दा शैक्षिक विकासकै कार्यक्रम ल्याउने गरि काम गर्ने स्पष्ट पारे ।

विद्यालयका वरिष्ट सहप्राचार्य मनबहादुर क्षेत्रीको संचालनमा भएको कार्यक्रममा प्रदेश सांसद आशिष कुमार चौधरी, जानकी न्यौपाने, निर्मला चौधरी, सामाजिक विकास मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवाली, नेशनल प्याब्सनका केन्द्रीय सचिव कृष्णप्रसाद पौडेल, केन्द्रीय सल्लाहकार राजु गुरुङ्ग, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, नेशनल प्याब्सनका प्रदेश उपाध्यक्ष होमनाथ ढुङ्गाना, रुपन्देही अध्यक्ष पुरुषोत्तम बस्याल, एभरेष्ट मावि बुटवलका प्राचार्य कृष्ण न्यौपाने, महामाया भवानीका प्राचार्य ऋषिश्वर अर्याल, पल्लवी साकोसका प्रमोद खनाल, नमुना बोर्डिङ स्कुलका प्रिन्सिल कमल पौडेल लगायतले रजत महोत्सवले शैक्षिक विकास र सीपमुलक शिक्षा प्राप्त जनशक्ति उत्पादनमा देवदहले नवितम कार्यक्रमको शुरुवात गर्नु पर्नेमा जोड दिदै बधाई तथा शुभकामना दिए ।

विद्यालयले सो अवसरमा देवदह दर्पण नामक स्मारिका विमोचन समेत गरेको थियो । सोही कार्यक्रममा शिक्षा क्षेत्रमा उत्कृष्ट कलम चलाएको भन्दै पत्रकार झविन्द्र देवकोटालाई उत्कृष्ट शैक्षिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो भने पुर्व, वर्तमान शिक्षक कर्मचारी, अभिभावक र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको विद्यालयका बरिष्ट लेखा अधिकृत माधव आचार्यले जानकारी दिए । सो अवसरमा २०७५, ७६ र ७७ सालको एसइईमा फोर जिपीए अंक ल्याउने आधा दर्जन विद्यार्थीलाई गोल्ड मेडलले सम्मान गरिएको विद्यालयको ब्यवस्थापन संयोजक सुजता लामिछाने पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ७ : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको