२ असार २०८३, मंगलबार | June 16, 2026

एन आई सी एशियाले सुरु गर्यो फोनलोन सेवाको सुरुवात



काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने गरी फोनलोन सेवाको सुरुवात गरको छ । नवीनतम प्रविधिमा आधारित रहेर आधुनिक बैंकिङ्गलाई आत्मसात गरी आम जनमानसको बैंकिङ्ग अनुभवलाई सहज बनाइरहेको यस बैंकले ल्याएको उक्त सेवाबाट ग्राहकले मोबाइल एपमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रुपमा बैंकका शाखा उपस्थित नभई अधिकतम रु. २ लाखसम्मको पूर्वस्वीकृत कर्जाको लाभ उठाउन सक्नेछन् । बैंकले ल्याएको यस नयाँ सेवाबाट ग्राहकले १ महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

यस बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं यस बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही शर्त एवं मापदण्डको आधारमा कर्जा सेवा उपभोग गर्न सकिनेछ । साथै, उक्त मापदण्डहरुबारे एपले नै स्वचालित रुपमो कर्जा प्राप्त गर्ने योग्यता मापन गरी सम्बन्धित ग्राहकले कर्जा प्राप्त गर्ने वा नगर्ने अवस्थाको निक्र्यौल गर्नेछ र कर्जा लिन योग्य ग्राहकको एन आई सी एशियाको एपमा कर्जा आवेदन दिने विकल्प देखिने व्यवस्था बैंकले गरेको छ । कर्जा लिन योग्य ठहरिएमा एन आई सी एशियाको मोबाइल बैंकिङ्गमा गरी त्यह लग इन गरि फोनलोन आइकनमा ट्याब गरी दर्ता सम्पन्न गरी कर्जाको प्रक्रिया अगाडि बढाउन सकिनेछ ।

‘डिजिटल फष्ट’ रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहक महानुभावलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले Self Help बैंकिङ्गको अभ्यासलाई एन आई स एसिया मोबाइल बैंकिङ्ग प्लेटफर्ममार्फत अघि बढाइरहेको छ ।

जसअनुसार ग्राहकले आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिटेन्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसी/एनसेल टपअप, युटिलीटी बिल भुक्तानी, शेयर आवेदन आदि जस्ता थुप्रै आकर्षक सुविधाहरू सहज रुपले लिन सकिनेछ ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ७ : २९ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ