२७ असार २०८३, शनिबार | July 11, 2026

अवैध संरचनामाथि रोहिणीमा चल्यो डोजर



भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना भत्काएको छ । गाउँकार्यपालिकाको निर्णयअनुसार सूचना जारी गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएको संरचना हटाउन आग्रह गरिए पनि अटेरी गरेपछि गाउँपालिकाले अवैध संरचना भत्काएको अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

सार्वजनिक जग्गा मिचेर बनाइएको संरचना नहटाइएपछि डोजर लगाएर भत्काइएको अध्यक्ष यादवले जानकारी दिए । हटाउन बारम्बार आग्रह गर्दा पनि अटेरी गरेपछि स्थानीय प्रशासनको सहयोगमा गाउँपालिकाले अवैध संरचना भत्काउने काम गरेको उनले बताए ।

शनिबार रोहिणी गाउँपालिका-५ स्थित मजनु चोक (तरकुल्लाह)मा अवैध संरचना भत्काइएको उनले जानकारी दिए । अध्यक्ष यादवले भने, ‘कुनै आग्रह पूर्वाग्रह नभइ विकास निर्माण कार्यलाई अघि बढाउन र व्यवस्थित गाउँ टोल बनाउनका लागि सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरु घर, रेलिङ्ग लगायतका भत्काउने कार्य भएको छ ।’

गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन जारी गरेको थियो ।

गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीले सडकको छेउमा बनाइएका अवैध संरचना भत्काइएको बताए । उनले नाला सडक निर्माणमा अवैध संरचना बाधक भएको र सूचना जारी गरे पनि वेवास्ता गरिएपछि भत्काइएको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले नाला सडक निर्माण लागि बजेट बिनियोजन गरिएको र बजेट कार्यान्वयनका लागि अवैध संरचना भत्काइएको बताए । उनले भने, ‘उक्त क्षेत्रमा अवैध संरचना हटाउनका लागि दुई पटकसम्म सूचना जारी गरियो, तर अटेरी गरेपछि भत्काउनुपरेको हो ।’

अवैध संरचना हटाउने कार्यमा गाउँपालिका अध्यक्ष यादवसहित उपाध्यक्ष शिवकान्ति हरिजन, प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम, वडा नम्बर ५ का वडाअध्यक्ष घनश्याम सिंह क्षेत्री, १ का वडाअध्यक्ष आविद अली पठान, गाउँपालिकाका योजना शाखा प्रमुख राज कुमार मिश्रा, स्थानीयबासी, प्रहरी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ५ : ०६ बजे

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ । उत्तररदक्षिण व्यापारिकमार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला

शेख हसिना डिसेम्बरमा बंगलादेश फर्कने, अदालतमा हाजिर हुने

नयाँ दिल्ली । हाल भारतमा आश्रय लिइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख

विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

काठमाडौं । विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप