१६ असार २०८३, मंगलबार | June 30, 2026

रुपन्देही सुपरलिग : लुम्बिनी खुकुरीलाई ७ विकेटको सफलता



भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को सोमबारको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी भएको छ । खुकुरीले तिलोत्तमा क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रनको सामान्य योगफल बनायो । उसका लागि मिर्नाल गुरुङले ५२, मनिष थापाले २४, विपिन खत्रीले २३ र विकल अधिकारीले १४ रन बनाए । उसलाई मध्यमस्तरको स्कोरमा रोक्न बलिङमा लुम्बिनी खुकुरीका शाह आलमले ४ तथा इकलाख अहमद वारिस, सन्तोष यादव र अजयकुमार चौहानले समान २-२ विकेट लिए ।

प्रतिउत्तरमा लुम्बिनी खुकुरीले ३३.५ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ६० रन बनाउँदै लक्ष्य भेट्टायो र जित निकाल्यो । उसको जितमा ९५ बलको सामना गरेका प्रज्वल थापाले ११ चौकाको मद्दतमा नटआउट ७९ रन बनाए । यस्तै, सन्तोष यादवले ३०, न्शिचल चौधरीले १८ र विराट भण्डारीले ९ रनको योगदान दिए । बलिङमा तिलोत्तमाका विपिन खत्रीले २ तथा अमन बोहरा क्षेत्रीले १ विकेट लिए । खुकुरीका शाह आलम म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरेको संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जानकारी दिए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ५ : ११ बजे

संघीयमामिला मन्त्री रावल र मधेशका मुख्यमन्त्री यादवबीच छलफल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष

रास्वपाले सच्यायो महाधिवेशनको नतिजा, बढी मत ल्याएका दुई उम्मेदवारलाई केन्द्रीय सदस्य घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । हेटौँडा-काठमाडौं सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भरेङडाँडामा बिहानैदेखि