३ आश्विन २०८३, शनिबार | September 19, 2026

रुपन्देही सुपरलिग : वेष्टर्न ९० रनले विजयी



भैरहवा । रुपन्देहीको क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगितामा बी.एम.डब्लु. वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । डिभिजन ‘ए’ अन्तर्गत बुधबारको खेलमा शंकरनगर क्रिकेट क्लबलाई वेष्र्टनले ९० रनले पराजित गर्दै विजयी भएको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरको खेलमा ४६.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय २३ रनको योगफल बनायो । उसका लागि रोहित पासवानले ४६, रञ्जित खड्काले ४२, सुशान्त अर्यालले ३१, अनिल शाहले २०, भुवन पाण्डेले १३ र सन्देश थापाले १२ रन बनाए । बलिङमा शंकरनगरका केशव पौडेल र विष्णु पाण्डेले समान ३-३ तथा महेन्द्र सुवेदी क्षेत्रीले २ र पदम ज्ञवालीले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको शंकरनगर ४५ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ३३ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नका सन्देश थापा र अभिषेक गौतमले समान ३-३ तथा भुवन पाण्डेले २ र अनिल खरेल र अनिल शाहले १-१ विकेट लिए । शंकरनगरका केशव पौडेलले ३५, पदम ज्ञवालीले २४ र बिष्णु पाण्डेले १८ रन जोडे । खेलमा वेष्टर्नका रोहित पासवान म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले बताए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ५ : १५ बजे

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

पत्रकार टेकराज थामी वेपत्ता भएकोमा पाकिस्तानी राजदूत खानद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले भोटेकोशी

नागरिकलाई निराशामा राखेर राज्यव्यवस्था सफल हुन सक्दैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग

अर्थमन्त्री वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा