४ पुस २०८२, शुक्रबार | December 20, 2025

एक करोड बढीका गरगहनासहित चितवनबाट तीन भारतीय नागरिक पक्राउ



चितवन । एक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने गरगहनासहति तीन भारतीय नागरिकलाई चितवन प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै गरगहनासहित तीन जनालाई पक्राउ गरेको हो ।

सुराकीको आधारमा भारतीय डब्लु बी १२ ए भी ५५६६ नम्बरको टाटा कम्पनीको नेक्सन गाडीमा लुकाई छिपाई ल्याएका ती गहनासहित उनीहरूलाई प्रहरीले पक्राउमा गरेको थियो ।

पक्राउ पर्नेमा कार चालक भारत, उत्तर प्रदेश, बलिया जिल्ला, फेफना थाना बस्ने वर्ष ४२ का विनोद प्रसाद, भारत पश्चिम बङ्गाल, हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ता बस्ने वर्ष ५१ का गणपतकुमार तोसावर र सोही स्थानका वर्ष ४२ का नरेश बर्मा छन् ।

उनीहरूले गाडीको सिट मुनी र विभिन्न स्थानमा लुकाई छिपाई ल्याएका सुनका ६३.८९८ तोला र हिरा जडित २२.८७८ तोला गहना बरामद गरेको प्रहरीले जानकारी दिएको छ । ती गहना सुनचाँदी व्यवसायीसँगको रोहभरमा तौल र गुणस्तर जाँच गर्दा एक करोड १० लाख रुपियाँ बराबरको भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

पक्राउ परेका व्यक्तिहरू, गाडी र गरगहना राजश्व अनुसन्धान विभागमा पठाउने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ५ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको