५ चैत्र २०८२, बिहिबार | March 19, 2026

सिद्धार्थनगर-६ मा एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर-६ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार) अभियान सुरु भएको छ । सिद्धार्थनगर-६ मा बुधबारदेखि दुईमहिने अभियानको औपचारिक शुभारम्भ गरिएको हो ।

कार्यक्रममा बोल्दै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य श्याम खरेलले मिसन ग्रासरुट अभियानलाई सफल बनाउन नेता कार्यकर्तालाई आग्रह गरे । उनले पार्टीको गतिविधिलाई तीव्र बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘एमालेको भूमिकालाई प्रभावकारी बनाउन सम्पूर्ण नेता कार्यकर्ता लाग्नुपर्छ ।’

त्यस्तै एमाले रुपन्देही जिल्ला कमिटी सदस्य गोविन्द ज्ञवालीले विगतका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए । उनले भने, ‘एकआपसमा रहेका असमझदारीलाई हटाउँदै एमालेलाई अझ बलियो बनाउँदै जनताको पक्षमा काम गर्दै जानुपर्छ ।’

पार्टीका सिद्धार्थनगर नगर कमिटी सचिव नारायण प्रसाद भण्डारीले विगतको निर्वाचनमा एमालेका उम्मेदवार पराजित भएका क्षेत्रमा आगामी निर्वाचनमा जित्ने गरी लाग्नुपर्ने बताए । उनले संगठन विस्तार, पार्टीको सदस्यता विस्तार लगायतलाई तीव्रता दिन आग्रह गरे । एमाले सिद्धार्थनगर कमिटी सदस्य लता पोखरेलले पार्टीका कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् ।

एमाले सिद्धार्थनगर-६ कमिटीका अध्यक्ष राम दयाल गुप्ताले एमाले नेतृत्वको सरकारले धेरै राम्रो काम गरेको बताए । उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीबीच समन्वय गर्दै विकास निर्माण कार्यलाई अघि बढाउनुपर्नेमा जोड दिए । पार्टीका सिद्धार्थनगर-६ कमिटी उपसचिव आनन्द न्यौपानेले कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए ।

एमाले सिद्धार्थनगर-६ का अध्यक्ष राम दयाल गुप्ताको अध्यक्षता, लुम्बिनी प्रदेश कमिटी सदस्य श्याम खरेलको प्रमुख आतिथ्यता तथा वडा कमिटी सचिव मदन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  १० : ५५ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन