२० मंसिर २०८२, शनिबार | December 6, 2025

राष्ट्रपतिबाट दुई दुई पटक नागरिकता विधेयक रोकिनु असंवैधानिक : राष्ट्रियसभा उपाध्यक्ष अर्याल



काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेर असंवैधानिक काम गरेको आरोप लगाएकी छिन् ।

सिंहदरबास्थित आफ्नो कार्यकक्षमा बिहीबार संसदीय मामिला सम्वद्ध सम्वाददाताहरुसँगको छलफलमा उपाध्यक्ष अर्यालले दुई दुई पटक विधेयक रोकेर असंवैधानिक काम गरेको आरोप लगाएकी हुन् ।

अर्यालले राष्ट्रपति भण्डारी एमालेको मात्रै राष्ट्रपति जस्तै भएको आरोप पनि लगाइन । भण्डारीले कार्यकारी अधिकार प्रयोग गर्न खोज्दा समस्या निम्तिएको उनले बताइन । राष्ट्रपति जस्तो पदमा बसेर अरुको इसारामा नागकिरता विधेयक रोकिनु पीडादायी भएको उनले बताइन ।

उपाध्यक्ष अर्यालले संवैधानिक पदमा रहेका व्यक्तिहरुले पदको मर्यादा जोगाउन सक्नुपर्ने बताइन । पदीय मर्यादामा बस्न नसके अहिलेसम्मका आन्दोलनबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा रहेको उनको विश्लेषण छ ।

अर्यालले आफुले निस्पक्ष भएर काम गर्न नसके आफु विरुद्ध आवाज उठाउन संचारकर्मीलाई आग्रह पनि गरिन ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  १ : २८ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति