४ पुस २०८२, शुक्रबार | December 20, 2025

अन्ततः सभामुख घिमिरे बालुवाटारस्थित आफनै भवनमा बस्ने



काठमाडौं । सभामुख देवराज घिमिरे बालुवाटारस्थित सरकारी भवनमा सर्ने भएका छन । गत ५ माघमा सभामुख चयन भए पनि वासस्थान नहुदाँ लोकन्थलीस्थित निवासमा बस्दै आएका सभामुख घिमिरे मन्त्रीपरिषदको निर्णयसँगै बालुवाटारमा सर्ने भएका हुन ।

‘सोमबारको मन्त्रीपरिषद बैठकले सभामुखको निवास स्थान पुरानै सभामुख निवास तय गरेको छ, आवश्यक प्रक्रिया पुरा भए पछि र रंगरोगनको काम सकिए पछि चाँडै नै सभामुख बालुवाटारस्थित सरकार निवासमा सर्नु हुनेछ,’ घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले भने ।

सभामुखको सो निवासमा हाल राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बस्दै आएका छन् । मन्त्री परिषदको निर्णयसँगै राष्ट्रियसभा अध्यक्ष त्यहाँबाट बाहिर जानेछन भने उनी पुरानै आफनै भवनमा बस्ने छन् वा यसअघि सभामुख बस्दै आएको लेनचौरस्थितमा जानेछन, त्यो भने निक्यौल भईसकेको छैन् ।

बालुवाटारमा प्रधानमन्त्री निवास भत्काएर नयाँ बनाउन थाले पछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली मुख्यसचिवले प्रयोग गर्दै आएको बालुवाटारस्थित सरकारी निवासमा सर्नु परेको थियो भने तत्कालिन सभामुख कृष्णबहादुर महरा यौन दुव्यावहारको आरोपमा थुनामा गएपछि रिक्त रहदै आएको सो भवनमा राष्ट्रियसभा अध्यक्ष सरेका थिए भने राष्ट्रियसभा अध्यक्ष बसेको भवनमा मुख्य सचिवलाई सारिएको थियो ।

तर, महरा थुनापछि रिक्त रहेको भवनमा अध्यक्ष तिमिल्सना बसिरहेका कारण त्यसपछि निर्वाचित भएर आएका सभामुख अग्नि सापकोटा भने बालुवाटारस्थित सरकारी निवासमा नबसेर लैनचौरस्थित निवासमा बस्दै आएका थिए । हाल उनी त्यहाँबाट सरेपछि सभामुख घिमिरे बालुवाटार जाने कि लैनचौर जाने भन्ने अन्यौल थियो तर गत सोमबारको मन्त्रीपरिषद बैठकले निर्णय लिए पछि उनी अब बालुवाटर जानेछन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १० : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको