२५ जेष्ठ २०८०, बिहिबार | June 8, 2023

फाइभ ए साईड फुटबलमा एमएफसी सहित १३ टिम विजयी



बुटवल । प्रथम दोभान फाइभ ए साईड फुटबल प्रतियोगिता २०७९ मा बुटवलको मर्निङ फुटबल क्लब (एमएफसी) विजयी भएको छ । दोभान फुटबल क्लबको आयोजनामा तिनाउ गाउपालिका वडा नं. २ स्थित दोभान फुटबल ग्राउण्डमा भएको पहिलो दिनको खेलमा एमएफसीले रोयल जिम एण्ड फिटनेश क्लबलाई ट्राईबेकरमा पराजित गर्दै अन्तिम १४ मा स्थान बनाएको हो ।

शुक्रबार भएको पहिलो दिनको खेलमा समुह ‘बि’ बाट दोभान फुटबल (ए), बुटवल एफसी विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेका छन । यसैगरि समुह ‘ए’ मा गणेश सास्कृतिक क्लब (ए), लुम्बिनी तिलोत्तमा (बि), गुड मर्निङ एफसी, एस वाईसी विजयी भएका छन ।

यसैगरि समुह ‘सि’ बाट तिलोत्तमा युवा क्लब (सी), न्यु युथ युनियन एफसी, विष्णुपुर एफसी र ओसिस एफसी बाई पाएर दोस्रो चरणमा प्रवेश गरेका छन भने समुह ‘डि’ मा दोभान एफसी (बि), धमकडा ब्रदर्श एफसी, लुम्बिनी तिलोत्तमा क्लब (ए), चपरहट्टी एफसी विजयी भएको अध्यक्ष सन्दिप शेरचनले बताए ।

प्रतियोगिताको विजेता टिमले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, उपविजेता टिमले नगद १२ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उत्कृष्ट विधातर्फ पनि विजेता खेलाडीहरुलाई पुरस्कृत गरिने खेल संयोजक सुनिल श्रेष्ठले बताए । प्रतियोगितामा रुपन्देही, पाल्पाका २८ टिमले प्रतियोगितामा भाष् लिएको उनले बताए ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ९ : ५३ बजे

रामायणमा रणवीर र आलिया राम-सीता

मुम्बई, २५ जेठ । फिल्म निर्माता तथा निर्देशक नितेश तिवारीको

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८०/८१

लागुऔषधसहित एकजना पक्राउ

झापा।  बिर्तामोड नगरपालिका-७ हल्दिबारी जाने बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो

जहाज किन्न लाग्दा घेराबन्दी सुरू गरियो :मन्त्री किराँती

खोटाङ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज किन्न

इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल

एजेन्सी । इरानले आफ्नो पहिलो हाइपरसोनिक मिसाइल विश्वसामु प्रक्षेपण गरेको