४ पुस २०८२, शुक्रबार | December 20, 2025

शंकरनगर सामुदायिक वनको २७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान



तिलोत्तमा । शंकरनगर सामुदायिक वन तिलोत्तमा १-४ रुपन्देहीले २७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान गरेको छ ।

२०५२ साल फागुन २० गते आजकै दिन जिल्ला वन कार्यालय रुपन्देहीमा दर्ता भई जिल्लाको पहिलो सामुदायिक वन बन्न सफल शंकरनगर सामुदायिक वनले गत वर्ष देखि वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व र मानविय सेवा अन्तर्गत रक्तदान कार्यक्रम शुरु गरेको हो ।

५८४ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनले यस क्षेत्रको शिक्षा, स्वास्थ्य र विकास निर्माणका काममा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ भने मानविय सेवा अन्तर्गगत रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको छ ।

रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले सामुदायिक वनले मानवलाई आवश्यक पर्ने रक्तदान जस्तो महत्वपुर्ण काम गरेको भन्दै अन्य संघसंस्थाले पनि यसको अनुशरण गर्नुपर्ने वताए । उनले तिलोत्तमा नगरवासीकालागि तिलोत्तमा नगरपालिकाले निशुल्क रगतको ब्यवस्थाका लागि रक्तसञ्चार केन्द्र संग सम्झौता गरेको वताए । उनले उनले समाजका अगुवाहरुको प्रयाशले वन जंगल र जमिन जोगिएको भन्दै वनलाई जनताको आर्थिक विकास र समृद्धिसंग जोड्नुपर्ने आवश्यक्ता औल्याए ।

नगर उपप्रमुख जागेश्वरी देवी चौधरीले संघसंस्थाहरुले संस्थाको कोष बृद्धि गर्नुभन्दा जनतालाई बढिभन्दा वढि सेवा सुविधा कसरि दिन सकिन्छ भन्ने तर्फ ध्यान दिन जरुरी रहेको वताइन् । सामुदायि वन, खानेपानी संस्थाहरुले जनतालाई दिने सेवा महंगो भएको भन्दै उनले यस्ता संस्थाहरुले संस्थाको कोष बुद्धि भन्दा जनतालाई सहुलियत दिन आग्रह गरिन् ।

समूहका अध्यक्ष रबिन्द्र वस्नेतले शिक्षा, स्वास्थ्य र सामाजिक विकास संगै सामुदायिक वनले मानविय सेवा अन्तर्गत वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको वताए । सामुदायिक वनको संरक्षण र दिगो विकासका लागि अग्रजहरुको महत्वपुर्ण भूमिका रहेको वताए ।

कार्यक्रममा समूहका संस्थापक अध्यक्ष केशवराज नयौपाने, उपाध्यक्ष कमला ज्ञवाली र सचिव कालिका अधिकारीले भूमाफियाहरुले हडप्न खोजेको ८२ विगाह जग्गा जोगाउन सफल भएको भन्दै वनको संरक्षण, दिगो विकास र चोरी निकाशी नियन्त्रणका लागि सवैको साथ र सहयोग आवश्यक पर्ने वताए ।

रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा वनका पदाधिकारी, सदस्य, कर्मचारी र विभिन्न क्लवका प्रतिनिधिहरुले रक्तदान गरेको समूहका सदस्य मिनप्रसाद देवकोटाले जानकारी गराए ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  १० : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको