५ चैत्र २०८२, बिहिबार | March 19, 2026

माछापुच्छ्रे बैंक र बहराईनको लुलु एक्सचेन्ज बीच सम्झौता



काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले बहराईनमा बैंदेशिक रोजगारीमा गएका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्धेश्यका साथ लुलु एक्सचेन्ज बहराइनसँग व्यवसायिक सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा लुलु एक्सचेन्जको तर्फबाट महाप्रबन्धक एडिसन फर्नान्डेज तथा माछापुच्छ्रे बैंक लि.को तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री सर्जु कुमार थापाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात बहराईनमा बस्ने नेपालीहरुले लुलु एक्सचेन्जको १६ वटा काउन्टरबाट नेपालमा पठाएको रेमिट्यान्स नेपालमा रहेका माछापुच्छ्रे बेंक लि. का जुनसुकै शाखा तथा रेमिट्यान्स एजेन्टबाट सजिलै भुक्तानी लिन सक्ने बैंकले जनाएको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन सफल माछापुच्छ्रे बैंक लि.ले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १० : २५ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर