२४ बैशाख २०८१, सोमबार | May 6, 2024

रूपन्देही सुपरलिग : तिरुपति क्रिकेट क्लब विजयी



भैरहवा । तिरुपति क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को सोमबारको खेलमा विजयी भएको छ । तिरुपतिले बुटवल-११ क्रिकेट क्लबलाई ८० रनले पराजित गर्दै जित निकाल्न सफल भएको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको तिरुपतिले निर्धारित ५० ओभरमा खेलमा ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९५ रनको योगफल बनायो । उसका लागि वसिर अहम्मदले ५४, नन्दलाल चाईले ३३, विवेक यादव र तुलबहादुर थापाले २४-२४, आशुतोष उपाध्यायले १७ र संदीप मौर्यले ११ रनको योगदान दिए । बलिङमा बुटवल-११ का विभेष खातीले ४, हरिबहादुर चौहान र इशान पाण्डेले समान २-२ तथा एजाज अहम्मदले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुटवल-११ ३६.२ ओभरमा सबै विकेटको क्षतिमा १ सय २ रनमै रोकियो । उसलाई सस्तैमा रोक्न बलिङमा तिरुपतिका बीरेन्द्र मल्लाहले ४, वसिर अहम्मद र विवेक यादवले समान २-२ तथा तुलबहादुर थापा र संदीप मौर्यले १-१ विकेट लिए । बुटवल-११ का इशान पाण्डे र विभेष खातीले १९-१९, हरिबहादुर चौहानले ११ र अशोक पौडेलले १० रन बनाए । तिरुपतिका वसिर अहम्मद म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ४ : २६ बजे

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता