५ चैत्र २०८२, बिहिबार | March 19, 2026

नेवाः दय दवूको बुटवल उपमहानगर स्तरिय संगठन विस्तार



बुटवल । नेवा: देय् दवू एवम् नेवा: मिसा दवूको बुधबार सम्पन्न बुटवल उपमहानगरपालिका स्तरीय प्रथम भेलाले नेतृत्व चयन गरेको छ ।

नेवा: देय् दवू जिल्ला कार्यसमिती रुपन्देहीले आयोजना गरेको भेलाले सम्पूर्ण नेवा समुदायलाई एकै ठाउँमा संगठित गर्ने उद्देश्यसहित बुटवलमा नगर समिति बिस्तार गरिएको हो ।

भेलाले गोपाल श्रेष्ठको अध्यक्षतामा नेवा दय् दवूको नेतृत्व चयन गरेको छ भने आभा अमात्य कसजुको अध्यक्षतामा नेवा मिस दवूको नेतृत्व चयन गरेको छ । निर्वाचन संयोजक सुरेन्द्र शाक्यका अनुसार नेवा दय् दवूको वरिष्ठ उपाध्यक्षमा सुन्दर श्रेष्ठ, उपाध्यक्ष तिलकुमार श्रेष्ठ र विष्णुमाया श्रेष्ठ, सचिव झुमलाल श्रेष्ठ र बविता श्रेष्ठ तथा कोषाध्यक्षमा जगदिसश्वर श्रेष्ठ चयन भएका छन् । यसैगरी सदस्यहरुमा कृष्ण प्रसाद श्रेष्ठ, विष्णु प्रसाद श्रेष्ठ, खिमराज श्रेष्ठ, निर्मल प्रसाद श्रेष्ठ, शिव भारी, गँगा प्रसाद श्रेष्ठ, बिनिता शाक्य, शुवर्ण श्रेष्ठ, मनिषा श्रेष्ठ, लिलप्रसाद श्रेष्ठ, प्रमोद कसजू, अनिलकुमार चुके र डोलबहादुर श्रेष्ठ रहेका छन् ।

नेवा मिस दवूको वरिष्ठ उपाध्यक्षमा पारू श्रेष्ठ उपाध्यक्षमा लालकुमारी श्रेष्ठ, सचिव सीता जोसी र कोषाध्यक्षमा सीता ध्वजु चयन भएकी छन् । यसैगरी सदस्यहरुमा धनु श्रेष्ठ, मिथिला सिमाङ्गौडा, अञ्जु श्रेष्ठ प्रधान, श्रीमाया श्रेष्ठ, सवला राजभण्डारी, रेणु श्रेष्ठ र भगवती श्रेष्ठ चयन भएका छन् ।

भेलाको अवसरमा बोल्दै संस्थाका केन्द्रीय सदस्य तथा लुम्बिनी ईन्चार्ज लोकहरी श्रेष्ठले नेवा समुदायहरु एक ठाउँमा उभिएर आफ्नो पहिचान र कला सँस्कृतिको संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिए । यसैगरी बुटवलका पूर्व उपमेयर विमल बहादुर शाक्य, संस्थाका प्रदेश अध्यक्ष विजुला श्रेष्ठ, लुम्बिनी प्रदेश सचिव चिरञ्जीवी श्रेष्ठ, संस्कृती संरक्षण समितीका अध्यक्ष लक्ष्मण श्रेष्ठ, नेवा दय् दवूका राष्ट्रिय परिषद सदस्य देवकुमार श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य महेन्द्र लिगल, जिल्ला उपाध्यक्ष रिम बहादुर श्रेष्ठ लगायत बोल्दै नेवा एकतामा जोड दिएका थिए।

नेवा: देय् दवू रुपन्देही अध्यक्ष रुद्र प्रसाद श्रेष्ठको अध्यक्षता, सचिव निम प्रसाद श्रेष्ठ निर्मलको सञ्चालन, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रकाश श्रेष्ठको स्वागत तथा अरुणा श्रेष्ठको आस्था पाठ बाचनसँगै कार्यक्रम भएको थियो । निर्वाचन समिति सदस्यमा टोपबहादुर श्रेष्ठ र लक्ष्मी श्रेष्ठले भूमिका निभाएका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ११ : २६ बजे

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

संसद् सचिवालयले बोलायो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

काठमाडौं । संघीय संसद् सचिवालयले फागुन २१ को निर्वाचनबाट विजयी