१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

सैनामैनामा हत्या प्रकरण : हत्यामा संलग्न ३ जना पक्राउ, मृतकको अझै पहिचान खुलेन



बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा मंगलबार राती एक युवाको हत्यामा संलग्न भएको भन्दै पक्राउ परेका ३ युवालाई प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले घटनाको अनुसन्धान बारे जानकारी गराउँदै उनीहरुलाई विहिबार सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार प्रकाउ पर्नेमा सैनामैना नगरपालिका–२ बस्ने शिशिर थारु, अघाँखाची घर भई सैनामैना–२ बस्ने ध्रुब बिसी र नवलपरासी बर्दघाट घर भई हाल सैनामैना बावरी होटलमा काम गर्ने सन्दिप भन्ने शेर बहादुर बोहोरा रहेका छन् । उनीहरुलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा ३ जना पक्राउ परेपनि मृतक युवाको भने हालसम्म पहिचान खुल्न बाँकी रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए ।

आरोपितहरुको प्रारम्भिक बयान अनुसार ढुङ्गाले हानेर युवाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। घटनामा युवकको हत्या गरी लुकिछिपी बसेका उनीहरुलाई सैनामैनाका विभिन्न ठाउँबाट प्रहरीले नियत्रणमा लिएको थियो ।

मेलामा भेटिएका साथीले नै गरे हत्या
मंगलबार तराईमा होलीको रमाईलो थियो । नाचगान गर्ने युवाहरु एक आपमा रङ दलेर मित्रता गाँस्ने कार्यक्रम सैनामैनामा चलिरहेको थियो । २ जना युवाहरु (मृतक र आरोपित ध्रुव बिसी) सैनामैनामा जारी मेलामा घुमफिर गर्ने क्रममा भेट हुन्छन् । मेलामै चिनजान गरेका उनीहरु साँझपख मेलाबाट निस्किएर नास्ता खान भन्दै स्थानीय एक होटलतर्फ लाग्छन् ।

नजीकै रहेको सैनामैना–२ कालिचोक स्थित कोशेली रेष्टुरेन्टमा ती दुई युवाहरु नास्ता खानका लागि पुग्छन् । यसअघि नै आरोपित ध्रुबका २ साथीहरु भने उक्त होटलमा पुगिसकेका हुन्छन् । नास्ता खाने होटलमा भेट भएका ४ जना युवाहरु उक्त दिन मध्यरातसम्म सोही होटलमा मदिरा पिएर बस्छन् । मध्यरातपछि होटल बन्द हुने समय भएपछि ती युवाहरु मध्येका मृतक युवाले नै होटलको बिल तिरेर त्यहाँबाट निस्किन्छन् ।

प्रहरी स्रोतका अनुसार घटना हुनेकारण मृतकसंग नगद भएको र उक्त नगद लुट्ने योजनामा युवकको हत्या भएको पाइएको हो । होटलमा केही बिवाद भएपछि ३ जना मिलेर हत्या गर्ने उद्देश्य सहित होटलभन्दामाथि एकान्तमा लगेर कुटपिट गरी ढुङ्गा र बोतलले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाको भोलिपल्ट बुधबार बिहान स्थानीयले खेतमा लाश देखेपछि ईलाका प्रहरी कार्यालय रन्यौरा (मुर्गिया) लाई खबर गरेका थिए । खबरपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले मृतकको टाउकामा धेरै चोट लागेको रगत समेत धेरै बगेको देखिएपछि हत्या हुन सक्ने भन्दै दोषिलाई प्रक्राउ गर्न घटनास्थलमा तालिम प्राप्त कुुकुर परिचलन गरेको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक थापाले घटनाबारेमा थप अनुसन्धान जारी रहेको बताएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ७ : १३ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू