१२ असार २०८३, शुक्रबार | June 26, 2026

नेपाल-पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिताको आठौं संस्करण आजदेखि सुरु



काठमाडौं । नेपाल–पाकिस्तान मैत्री टी २० क्रिकेट प्रतियोगिताको आठौं संस्करण आजदेखि सुरु भएको छ ।

नौ दिनसम्म चल्ने प्रतियोगितामा यस वर्ष १२ वटा क्रिकेट टोलीको सहभागिता रहेको छ ।

पाकिस्तानी राजदूतावासद्वारा आयोजना गरिउको सो प्रतियोगिताको पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले उद्घाटन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै श्री मैनालीले हरेक वर्ष कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा दूतावासको पहलको प्रशंसा गरे । उनले दुई देशका युवालाई एकजुट बनाउन क्रिकेट र खेलकुदको सम्भावना रहेको बताए ।

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष बिनाराज पाण्डेले विशेष अतिथिको रुपमा सहभागिता जनाएका थिए । पाण्डेले आफ्नो मन्तव्यमा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने मात्रै नभई युवाहरूका बीचमा खेलकुद गतिविधिलाई अभिवृद्धि गर्ने अवसरका रूपमा पनि यस्ता कार्यक्रम आयोजना गर्नका लागि पाकिस्तानी दूतावासको प्रयासको प्रशंसा गरे ।

पाकिस्तानी दूतावासका चार्ज डे अफेयर्स उमेर अलीले मानिसहरुलाई एकताबद्ध गर्ने र सद्भाव र टिमवर्कको भावना जगाउने मञ्चको रुपमा काम गर्ने बताए । उनले यस्तो कार्यक्रमले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने बताए । अलीले कार्यक्रम आयोजना गर्न सहयोग गर्नेहरुप्रति आभार प्रकट गरे ।

प्रतियोगिता चैत्र ४ गतेसम्म संचलन हुनेछ । प्रतियोगिताका खेलहरु नेपाली स्पोर्ट्स च्यानल “एक्शन स्पोर्ट्स“ मा प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : ५६ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३