४ पुस २०८२, शुक्रबार | December 20, 2025

अफगानिस्तानको बाल्खमा गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु



काबुल । उत्तरी अफगानिस्तानको बाल्खमा तालिबानद्वारा नियुक्त गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु भएको छ ।

बल्खको सुरक्षा विभागका प्रवक्ता मोहम्मद आसिफ वाजिरीले तालिबानद्वारा नियुक्त गभर्नर मोहम्मद दाउद मुजामिल उक्त विस्फोटमा मारिएको पुष्टि गरेका छन् । “आज बिहान करिब ९:०० बजे, बल्खका गभर्नर मोहम्मद दाउद मुजामिललाई विस्फोटक पदार्थ बोकेका एक व्यक्तिले आत्मघाती विस्फोट गराउँदा गभर्नर सहित दुई नागरिकसहित मारिएका छन् “। त्यसैगरी विस्फोटबाट अन्य चारजनाको मृत्यु भएको छ जसमा तीन सैन्य सदस्य र एक सर्वसाधारण नागरिक रहेको बुझिएको छ ।

यसैबीच इस्लामिक इमिरेट्सका प्रवक्ता जबिउल्लाह मुजाहिदले पनि ट्वीटरमा प्रान्तीय गभर्नरको हत्याप्रति दुःख व्यक्त गरेका छन् ।

बल्खको सुरक्षा विभागको विज्ञप्तिमा भनिएको छ – आत्मघाती भेस्ट लगाएका एक व्यक्तिले प्रान्तीय गभर्नरको कार्यालय नजिकै दोस्रो तलामा आफूलाई विस्फोट गराई उक्त हत्या गरेको टोलो न्युजले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको