६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

रुपन्देही सुपरलिग : सुपर फोरका खेल सुरु, पहिलो दिनको खेलमा खुकुरी विजयी



भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा शनिबारदेखि सुपर फोरको खेल सुरु भएको छ । सुपर फोरको पहिलो दिनको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी भएको छ । लुम्बिनी खुकुरीले बीएम डब्लु वेष्टर्न क्रिकेट क्लबमाथि ८ विकेटको सानदार जित निकाल्दै विजयी भएको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ५० ओभरमा ३२.३ ओभर खेल्दै सबै विकेटको क्षतिमा १ सय ७ रनको झिनो योगफल बनायो । लुम्बिनी खुकुरीका बलरहरु चम्किँदा वेष्टर्नका ब्याट्सम्यानहरु निरीह बने । वेष्टर्नका अनिल खरेलले ३७, अनिलकुमार साहले १२, देव खनाल र बिष्णु पाण्डेले ११-११ तथा भुवन पाण्डेले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । बलिङमा लुम्बिनी खुकुरीका इकलाख वारिस र अजयकुमार चौहान चम्किए । उनीहरुले क्रमशः महत्वपूर्ण ४ र ३ विकेट लिन सफल भए । यस्तै, शाह आलमले २ र धिरज शाहीले १ विकेट लिए ।

प्रतिउत्तरमा लुम्बिनी खुकुरीले २०.१ ओभरमा २ विकेटको नोक्सानीमा १ सय १० रन बनाउँदै जित निकाल्यो । उसको जितमा प्रज्वल थापाले नटआउट अर्धशतकको पारी खेले । उनले ५७ रन बनाउँदा संदीप रजालीले नटआउट २९ रन जोड्न सफल भए । बलिङमा वेष्टर्नका अनिल खरेलले २ विकेट लिए । लुम्बिनी खुकुरीका इकलाख वारिस म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जानकारी दिए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ३ : २६ बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए