१८ श्रावण २०८३, सोमबार | August 3, 2026

रुपन्देही सुपरलिग : सुपर फोरका खेल सुरु, पहिलो दिनको खेलमा खुकुरी विजयी



भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा शनिबारदेखि सुपर फोरको खेल सुरु भएको छ । सुपर फोरको पहिलो दिनको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी भएको छ । लुम्बिनी खुकुरीले बीएम डब्लु वेष्टर्न क्रिकेट क्लबमाथि ८ विकेटको सानदार जित निकाल्दै विजयी भएको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ५० ओभरमा ३२.३ ओभर खेल्दै सबै विकेटको क्षतिमा १ सय ७ रनको झिनो योगफल बनायो । लुम्बिनी खुकुरीका बलरहरु चम्किँदा वेष्टर्नका ब्याट्सम्यानहरु निरीह बने । वेष्टर्नका अनिल खरेलले ३७, अनिलकुमार साहले १२, देव खनाल र बिष्णु पाण्डेले ११-११ तथा भुवन पाण्डेले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । बलिङमा लुम्बिनी खुकुरीका इकलाख वारिस र अजयकुमार चौहान चम्किए । उनीहरुले क्रमशः महत्वपूर्ण ४ र ३ विकेट लिन सफल भए । यस्तै, शाह आलमले २ र धिरज शाहीले १ विकेट लिए ।

प्रतिउत्तरमा लुम्बिनी खुकुरीले २०.१ ओभरमा २ विकेटको नोक्सानीमा १ सय १० रन बनाउँदै जित निकाल्यो । उसको जितमा प्रज्वल थापाले नटआउट अर्धशतकको पारी खेले । उनले ५७ रन बनाउँदा संदीप रजालीले नटआउट २९ रन जोड्न सफल भए । बलिङमा वेष्टर्नका अनिल खरेलले २ विकेट लिए । लुम्बिनी खुकुरीका इकलाख वारिस म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जानकारी दिए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ३ : २६ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क