२९ चैत्र २०८२, आइतबार | April 12, 2026

खोलामा अवैध उत्खनन हुँदा दाङका किसान चिन्तित



दाङ । खोलामा अवैध उत्खनन हुँदा दाङको शान्तिनगर गाउँपालिका–२ र ५ का किसान चिन्तित बनेका छन् । स्थानीय बहुला खोलामा अवैध उत्खनन गरी गहिरा खाडल पारिएको छ । यसले गर्दा कुलोमा पानी जाने अवस्था नरहेको किसान दलबहादुर विष्टले गुनासो गरे । “खोलाको दुईपट्टि खेत छ, ठूला–ठूला खाडल पारिएको छ”, उहाँले भन्नुभयो, “तर यो विषयमा खेतालालाई कहिल्यै सोधिँदैन, पानीमाथि उत्रिनै कुरै भएन ।”

गत वर्ष पनि पानी खेतसम्म नपुग्दा रोपाइँ नै गर्न पाउनुभएन । यस वर्ष पनि रोपाइँ गर्न सक्ने छाँटकाँट नरहेको उहाँको भनाइ छ । खोलामा अहिले पनि ठूला–ठूला खाडल पारेर उत्खनन गरिएको छ ।

त्यस्तै शान्तिनगर–२ का कुल्लुबहादुर चौधरीले पनि यस्तै समस्यामा छन् । खेतमा पानी नजाँदा उनको खेत पनि बाँझै रहने गरेको छ । त्यस क्षेत्रमा करिब एक सय बिघा खेत छ । वर्षातमा आकाशे पानीको भरमा रोपाइँ हुने गर्छ भने हिउँदमा जग्गा बाँझै राख्नुपर्ने अवस्था छ ।

त्यो खोलामा व्यवस्थित अनुगमन नुहँदा मापदण्डभन्दा बढी उत्खनन हुने गरेको छ । जसले गर्दा किसान मारमा पर्ने गरेका छन् । खोलामा हुने उत्खनन कार्यको जिल्ला समन्वय समितिले अनुगमन गर्ने गरेको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ८ : ४३ बजे

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ