६ भदौ २०८३, शनिबार | August 23, 2026

अदालतले निर्वाचन प्रक्रियामा रोक लगाएपछि पिएन क्याम्पसकाे स्ववियु निर्वाचन अन्यौलमा



पोखरा । उच्च अदालत पोखराले पृथ्वीनारायण क्याम्पस (पिएन) मा स्ववियु निर्वाचनको तत्काल प्रक्रिया अगाडि नबढाउन आदेश दिएको छ ।

न्यायाधीश ऋषि राजभण्डारीको एकल इजालाशले आईतबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै चैत २ गतेसम्म निर्वाचन सम्बन्धी काम कारवाही अगाडि नबढाउन आदेश दिएको हो  ।

क्याम्पसमा दर्ता गराएको संगठनको नाम परिवर्तन भएको भन्दै ‘स्वतन्त्र विद्यार्थी समूह’ ले फागुन २६ गते क्याम्पसलाई विपक्षी बनाइ उच्च अदालत पोखरामा विप्लबी न्यौपानेले रिट दायर गरेकी थिइन् । सोही रिटको आधारमा उच्च अदालते सो आदेश जारी गरेको हो ।

गत फागुन १९ गते ‘स्वतन्त्र विद्यार्थी समूह’ नाम राखी निर्वाचन समितिमा नाम दर्ता गराएकोमा निर्वाचन समितिले उक्त समूहको नाम परिवर्तन गरेर ‘पृथ्वी विद्यार्थी मञ्च’ राखेर अन्तिम नामावली प्रकाशन गरे पछि न्यौपाने अदालत गएकी थिइन ।

‘निवेदकले अन्तरिम आदेशसमेत जारी गरि पाउन निवेदनमा उठाइएको विषयवस्तुको संवेदनशीलतातर्फ दृष्टिगत गर्दा दुवै पक्षको कुरा सुनी निष्कर्षमा पुग्न उपयुक्त हुने देखिँदा अन्तरिम आदेशको छलफलका लागी मिति २०७९ चैत २ को पेशी तारिख तोकी सो दिन अन्तरिम आदेशको छलफलमा उपस्थित हुन विपक्षीहरुलाई सकेसम्म छिटो माध्यमद्वारा जानकारी दिई उक्त छलफल हुने मिति २०७९ चैत्र २ गते सम्मको लागि निर्वाचन सम्बन्धी काम कारवाही अगाडि नबढाउनु भनि अल्पकालीन अन्तरिम आदेश जारी गरि दिइएको छ,’ न्यायधिस राजभण्डारीको आदेशमा उल्लेख छ ।

सो क्याम्पसमा क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लागेकाले पनि निर्वाचन प्रक्रिया रोकिएको थियो भने उच्च अदालतको आदेशपछि पिएनमा स्ववियु निर्वाचनको अन्यौलता झन थप बढन गएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ८ : ३१ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र