१९ चैत्र २०७९, आइतबार | April 2, 2023

कानुन कार्यान्वय गर्न खोज्दा अनावश्यक दवाव आउने गरेको गुनासो



खजुरा । प्रहरीले कानुन कार्यान्वयन गर्न खोज्दा अनावश्यक दवाव आउने गरेको कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीले गुनासो गरेका छन् । बाँके खजुराको इलाका प्रहरी कार्यालयमा सरुवा भइ आएका प्रहरी निरीक्षक संदीप बेलबासेको परिचयात्मक कार्यक्रममा उपस्थित प्रहरी अधिकारीहरुले यस्तो गुनासो गरेका हुन् ।

परिचयात्मक कार्यक्रममा उपस्थित स्थानीयले खजुरा क्षेत्रमा लागु औषको सेवन र कारोबार फष्टाएको, अबैध मदिरा, गुण्डागर्दी र चोरीको घटना बढेको भन्दै प्रहरीलाई चनाखो बन्न आग्रह गरे । उनीहरुले प्रहरीलाई नटेर्ने र कानुन उल्लँघन गर्ने कार्यले बढावा पाएको भन्दै नागरिक समाजसँग सहकार्य गरेर प्रहरीले अपराध न्यनिकरण गर्न प्रहरीलाई आग्रह गरे । सहभागीहरुले प्रहरीलाई व्यवसायीक आचरणमा बस्न तथा अपराधिक व्यक्तिहरुसँग हिमचिम नबढाउन सुझाव समेत दिएका थिए ।

कार्यक्रममा बोल्दै खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विकले अपराध न्युनिकरणमा प्रहरीले चालेको कदममा स्थानीय सरकार सहकार्य गर्न तयार रहेको बताए । उनले पालिकामा सुरक्षा व्यवस्था कायम गर्न प्रहरीलाई आवश्यक पर्ने सामाग्री पालिकाले व्यवस्था गर्ने बताउँदै स्थानीय सरकार प्रहरीसँग सँगसँगै रहेको उल्लेख गरे ।

खजुरा गाँउ पालिकाकी उपाध्यक्ष मन्जु मल्लले पालिकाको न्यायिक समितिको नेतृत्व आफुले गरिरहेको बताउँदै नागरिकलाई न्याय दिन प्रहरीको सहयोग आवश्यक रहने बताइन् । सबै वार्ड र टोल स्तर सम्म मेलमिलाप समिति गठन भएको उल्लेख गर्दै प्रहरीको सहकार्यले पालिकामा शान्ति कायम गर्न सकिने बताइन् ।

ट्राफिक प्रहरीका खजुरा इन्चार्ज मदन महताराले कानुन कार्यान्वयन गर्न खोज्दा अनावश्यक दवाव आउने गरेको गुनासो गरे । उनले दवाव मात्र नआए धेरै गैरकानुनी काम रोकिने भन्दै नागरिक समाजलाई प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।

सरुवा भएर खजुरा पुगेका प्रहरी निरीक्षक संदीप बेलवासेले आफ्नो कार्यकालमा आफु मातहतका प्रहरी युनिटलाई व्यवसायीक आचरण भन्दा बाहिर जान नदिने प्रतिबद्धता व्यक्त गरे । उनले प्हरीबाट आचरण विपरित कार्य गरेको सूचना पाए आफुले ठाँउका ठाँउ कारवाही गर्ने बताए । उनले प्रहरी भित्रका केही र पत्रकार भित्रका केहीको आचरण पनि ठिक नभएको उल्लेख गर्दै व्यवसायीक आचरण प्रस्तुत हुन सके अपराध न्यनिकरण गर्न सहज हुने बताए ।

 

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ८ : ४३ बजे

रुसले पायो सुरक्षा परिषदको अध्यक्षता, युक्रेनको आपत्ति

काठमाडौं ।  रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएसी) को अध्यक्षता

‘माल पाएर चाल नपाएको’ बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्र, पूर्ण संचालन नहुँदै सामान चोरिन थाले

बुटवल । राजधानी सारिएपछि शुन्यता छाएको बुटवलको गहनाकारुपमा रहेको अन्तराष्ट्रिय

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

लुम्बिनी । दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पु¥याएको छ

कागतीखेतीबाट रु २० लाख आम्दानी

पथरी । सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो

‘सडकमा खाऔँ, सडकमै रमाऔँ’

दमौली । बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी