८ बैशाख २०८३, मंगलबार | April 21, 2026

कानुन कार्यान्वय गर्न खोज्दा अनावश्यक दवाव आउने गरेको गुनासो



खजुरा । प्रहरीले कानुन कार्यान्वयन गर्न खोज्दा अनावश्यक दवाव आउने गरेको कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीले गुनासो गरेका छन् । बाँके खजुराको इलाका प्रहरी कार्यालयमा सरुवा भइ आएका प्रहरी निरीक्षक संदीप बेलबासेको परिचयात्मक कार्यक्रममा उपस्थित प्रहरी अधिकारीहरुले यस्तो गुनासो गरेका हुन् ।

परिचयात्मक कार्यक्रममा उपस्थित स्थानीयले खजुरा क्षेत्रमा लागु औषको सेवन र कारोबार फष्टाएको, अबैध मदिरा, गुण्डागर्दी र चोरीको घटना बढेको भन्दै प्रहरीलाई चनाखो बन्न आग्रह गरे । उनीहरुले प्रहरीलाई नटेर्ने र कानुन उल्लँघन गर्ने कार्यले बढावा पाएको भन्दै नागरिक समाजसँग सहकार्य गरेर प्रहरीले अपराध न्यनिकरण गर्न प्रहरीलाई आग्रह गरे । सहभागीहरुले प्रहरीलाई व्यवसायीक आचरणमा बस्न तथा अपराधिक व्यक्तिहरुसँग हिमचिम नबढाउन सुझाव समेत दिएका थिए ।

कार्यक्रममा बोल्दै खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विकले अपराध न्युनिकरणमा प्रहरीले चालेको कदममा स्थानीय सरकार सहकार्य गर्न तयार रहेको बताए । उनले पालिकामा सुरक्षा व्यवस्था कायम गर्न प्रहरीलाई आवश्यक पर्ने सामाग्री पालिकाले व्यवस्था गर्ने बताउँदै स्थानीय सरकार प्रहरीसँग सँगसँगै रहेको उल्लेख गरे ।

खजुरा गाँउ पालिकाकी उपाध्यक्ष मन्जु मल्लले पालिकाको न्यायिक समितिको नेतृत्व आफुले गरिरहेको बताउँदै नागरिकलाई न्याय दिन प्रहरीको सहयोग आवश्यक रहने बताइन् । सबै वार्ड र टोल स्तर सम्म मेलमिलाप समिति गठन भएको उल्लेख गर्दै प्रहरीको सहकार्यले पालिकामा शान्ति कायम गर्न सकिने बताइन् ।

ट्राफिक प्रहरीका खजुरा इन्चार्ज मदन महताराले कानुन कार्यान्वयन गर्न खोज्दा अनावश्यक दवाव आउने गरेको गुनासो गरे । उनले दवाव मात्र नआए धेरै गैरकानुनी काम रोकिने भन्दै नागरिक समाजलाई प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।

सरुवा भएर खजुरा पुगेका प्रहरी निरीक्षक संदीप बेलवासेले आफ्नो कार्यकालमा आफु मातहतका प्रहरी युनिटलाई व्यवसायीक आचरण भन्दा बाहिर जान नदिने प्रतिबद्धता व्यक्त गरे । उनले प्हरीबाट आचरण विपरित कार्य गरेको सूचना पाए आफुले ठाँउका ठाँउ कारवाही गर्ने बताए । उनले प्रहरी भित्रका केही र पत्रकार भित्रका केहीको आचरण पनि ठिक नभएको उल्लेख गर्दै व्यवसायीक आचरण प्रस्तुत हुन सके अपराध न्यनिकरण गर्न सहज हुने बताए ।

 

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ८ : ४३ बजे

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ

सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२

प्रधानमन्त्रीले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति