६ पुस २०८२, आइतबार | December 21, 2025

भक्तपुर नगरपालिकाले ग¥र्याे सडक पेटीमा राखिएका सामान जफत



भक्तपुर । भक्तपुर नगरपालिकाले सडक पेटी कब्जा गरेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीको सामान र मोटसाइकल जफत गरेको छ ।

सडक पेटीमा र सर्भिस ट्रयाकमा कुनै पनि सवारीसाधन बिक्रीका लागि नराख्न र व्यापार व्यवसाय नगर्न नगरपालिकाले पटक–पटक निर्देशन दिँदा पनि अटेर गरेपछि नगरपालिकाले मोटरसाइकलसहित विभिन्न सामान जफत गरेको हो ।

नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भक्तपुरको घलाते र चुनदेवीमा २५ पसल बाहिर बाटो र पेटीमा बेचबिखनका लागि राखेका सामान, मोटरसाइकललगायत सामान जफत गरिएको उनले बताए ।

अनुगमनमा ब्रदर्श रिकन्डिसन हबलाई बाटो र पेटीमा बिक्रीका लागि मोटरसाइकल नराख्न पटक-पटक निर्देशन दिँदासमेत अटेर गेपछि बिक्रीका लागि राखेको मोटरसाइकल जफत गरी तीन दिनभित्र नगरपालिकामा हाजिर हुन निर्देशन दिएको गोराले जानकारी दिए । त्यसैगरी अमरबत्ती इन्टरप्राइजेज प्रालि, ख्वप हार्डवेयर प्रालि, खोटा खाजा घर, युनिस्टल ट्रेडर्स, बागमती आर्टस्, आरबी निर्माण सप्लार्यस, एभरेष्ट अटोटेक एण्ड सप्लायर्स र ह्वाक्सी फर्निचर (डेकोर) प्रालिलाई तीन दिनभित्र दर्ता नवीकरण गरी नगरपालिकामा हाजिर हुन निर्देशन दिएको छ ।

म्याद गुज्रेका सामान बिक्री गर्न राख्ने कृष्ण किराना पसलमा पेय पदार्थ एवं खाद्य पदार्थ नष्ट गरिएको र श्रीलाल कोसवारको ग्रिल पसल तथा वर्कसप, रिचा भुसालको किराना पसल, सुस्मिता श्रेष्ठको साधारण जलपान पसललाई अनुगमनकै क्रममा दर्ता गराएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ७ : ०६ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको