६ भदौ २०८३, शनिबार | August 23, 2026

सिरहा छुवाछुत घटना : मानव अधिकारआयोगकाे साेधपुछ सुरु



सिरहा । भगवानपुर गाउँपालिकामा दलित समुदायलाई छुवाछुत गरिएको घटनाको स्थलगत छानविन गर्न आएकाे राष्ट्रिय मानव अधिकार आयोगको टोली सिरहा अनुसन्धान सुरु गरेकाे छ ।

गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवको आमाको शुद्धि भोजमा छुवाछुत भएकाे घटना सार्वजनिक भए पछि अनुसन्धान गर्न आएकाे टाेलीले अनुसन्धान सुरु गरेकाे हाे । मधेस प्रदेशको राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयकी अधिकृत मञ्जु खतिवडाको नेतृत्वमा स्थलगत छानविन गर्न टोली सिरहा आएकाे छ ।

आयोगको टोलीले पहिलो चरणमा सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा र जिल्लाका प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बुसँग सोधपुछ गरिनेछ भने  दोश्रो चरणमा भोज स्थलमा गएर पीडित दलितहरुसँग सोधपुछ गरी घटनाबारे सत्य तथ्य संकलन गर्ने कार्यतालिकासहित टाेलीले अनुसन्धान सुरु गर्नेछ ।

खतिवडाका अनुसार जिल्लामा रहेका दलित तथा मानव अधिकारकर्मी र अन्य देखि जान्ने व्यक्तिहरुसँग पनि सत्यतथ्य बुझने कार्य हुनेछ भने भोजमा पोष्टर झुन्ड्याएर र माइकिङ्ग गरेको जान्दाजान्दै भोज खाने जनप्रतिनिधी र प्रशासन प्रमुखहरुसँग समेत सोधपुछ गरिनेछ ।

मानव अधिकार हनन् गर्नेहरुको नाम तोक्ने, कसुरको मात्रा निर्क्याैल गर्ने, लज्जित गर्ने र दण्डनीय कारबाहीकाे गरिने अधिकृत खतिवडाले बताइन । ‘जनप्रतिनिधीकै घरमा यस्तो खालको हर्कत हुनुले समाजमा नकारात्मक संदेश गएको छ, यसलाई गम्भिरतापूर्वक आयोगले हेरिरहेको छ,’ उनले भनिन, ‘सुनियोजित ढङ्गले यो कार्य गरेको पाइएमा पालिका अध्यक्षलाइ कानुनी कारबाही गरिनेछ ।’

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  १० : ३४ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र