२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

बञ्चरेडाँडामा फोहोर बिसर्जनमा जेठ १ देखि रोक लगाउने चेतावनी



काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न रोक लगाउने चेतावनी दिइएको छ ।

बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले बैशाखसम्म आफनो माग सम्बोधन नभएमा आगामी जेठदेखि फोहोर फाल्नमा रोक लगाउने चेतावनी दिएको हो ।

सरोकार समितिका संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीले संयुक्त रुपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सहरी विकास मन्त्रालय र महानगरपालिकालाई पत्रचारमार्फत उक्त चेतावनी दिएको हो ।

‘सरकार तथा फोहरमैला विसर्जन गर्ने सबै पक्षले उक्त क्षेत्रको नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक, अधिकार हनन गरेको र आउदा दिनमा उक्त क्षेत्रको आम नरसंहार हुनसक्ने गम्भीर मामिलामा सरकारी पक्षले सधै बेवास्ता गरी राज्यशक्तिको दुरुपयोग गरी दमन चक्रद्वारा उपत्यकाको समग्र फोहरमैला विसर्जन गरिरहने दुष्प्रयास जारी राखेकोले त्यस्तो घृणित कार्यको हामी घोर विरोध गर्दछौँ,’ पत्रमा भनिएको छ, ुसरोकारवाला तीन निकायलाई लेखिएको पत्रमा अगाडि भनिएको छ, ‘प्रभावित क्षेत्रमा मानववस्ती रहित क्षेत्र कायम गर्न वा फोहरमैला निषेधित क्षेत्र गर्ने भन्ने सन्दर्भमा सरकार तथा सम्बद्ध पक्ष स्थानीय निकाय समेतले वैशाख मसान्त भित्र सरकारको त्यस्तो धारणा सहित विश्वास योग्य कार्यान्वयन प्रक्रिया सुरु नगरे स्थानीय नागरिकद्वारा ०८० जेठ १ गतेदेखि उक्त क्षेत्रमा फोहरमैला लैजान सदाका लागी पूर्ण रूपमा रोक लगाइने ब्यहोरा अनुरोध छ ।’

महानगरपालिका र स्थानिय सरोकारावाला बिच पटक पटक छलफल भएर सहज भएको फोहोर मैला बिसर्जन पुनस् रोकिने भए पछि काठमाडौंमा दुर्गन्ध फैलिने सम्भावना बढेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  २ : ०७ बजे

फिफा विश्वकप फुटबल २०२६ आज रातिबाट सुरु हुँदै

काठमाडौं । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आज

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

कालीकोट । पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, बजेटमाथिको छलफल जारी रहने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको एकैपटक सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को

अमेरिकी आक्रमणपछि इरानद्वारा होर्मुज जलमार्ग बन्द, विश्व बजारमा चिन्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानमाथि हवाई आक्रमण