४ पुस २०८२, शुक्रबार | December 20, 2025

सेयर बजारमा दोहोरो अंकको ओरालो



काठमाडौ । साताको चौथो कारोबार दिन बुधबारबार सेयर बजारमा दोहोरो अंकले ओरालो लागेको छ ।

सेयर बजार नेप्से सुचकमा १४.४४ अंकले ओरालो लागेर १९३८.६२ विन्दुमा आएर रोकिएको छ।

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ३।०३ अङ्कले घटेर ३६५ विन्दुमा पुगेको छ।
यसअघि मंगलबार भने सेयर बजार नेप्से सुचकमा १।८५ अंकले उकालो लागि १९५३.०६ विन्दुमा आएर रोकिएको थियो ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा कूल २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा एनआइसि एसिया शीर्ष स्थानमा छ। यसको १० करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै सानिमा माई हाइड्रोपावरको ७ करोड १६ लाखभन्दा बढीको कारोबार भएको छ।

यता १३ उपसुचकहरुका मध्ये ट्रेडिङ सुचक बाहेक सबै कम्पनीमा ओरालो लागेको छ । आजको कारोबारमा युनिक नेपाल लघुवित्त र सुभम पावरको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यि कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ३ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको