१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कर्मचारीका विरुद्ध जनप्रतिनिधिद्वारा पत्रकार सम्मेलनको ‘धम्की’, पत्रकारलाई ५ सयको प्रलोभन



खजुरा । गाउँपालिकाका प्राबिधिक कर्मचारी कुटेर चर्चामा आएका खजुरा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गरिबे शेषले आफै कार्यपालिका सदस्य रहेको पालिकाका कर्मचारी विरुद्ध पत्रकार सम्मेलन गर्ने भएका छन् । कर्मचारीमाथि कारवाही गर्ने निकायमा रहेका वडा अध्यक्ष स्वयमले सार्वजनिक सञ्जाल मार्फत पालिकाका कर्मचारी विरुद्ध पत्रकार सम्मेलन गर्ने धम्कीपूण सामाग्री पोष्ट गरेका छन् ।

गाउँपालिकाका प्राबिधिक प्रमुख शोनु शाह र पालिकाको वडा नम्बर ३ मा कार्यरत प्राबिधिक भेपेश ओझाको नाम किटान गर्दै वडा अध्यक्ष शेषले आफ्नो वडालाई पालिकाले बिभेद गरेको जनाएका छन् । नीति निर्माणमा आफै रहेका वडा अध्यक्षले कार्यपालिकाले तय गरेको नीति कार्यान्वयनमात्र गर्ने जिम्मेवारीमा रहेको कर्मचारीलाई आरोपित गर्दै सामाजिक सञ्जालमा प्रचारबाजी गरेपछि पालिकाका कर्मचारी भित्र खैलाबैला मच्चिएको छ ।

वडा अध्यक्षले वडा नम्बर ६ स्थित आफै व्यवस्थापन समितिमा रहेको भानु मा.वि.को भवन निर्माण कार्य सम्पत्र भएको लग भग १ वर्ष भई सक्दा पनि हाल सम्म प्राविधिकले आफ्नो जिम्मेवारी पुरा नगरी रकम निकासामा बाधा पुर्याएको तथा वडा नं.५ अन्तर्गत पर्ने निम चौक देखि बसन्तपुर चौक सम्मको स्तर उन्नतिसहितको बाटो निर्माणको २० लाखको योजना वडालाई कुनै किसिमको जानकारी नदिई सम्पर्क नगरी वडा नं.२ का बसिन्दालाई उपयोग गरि मिलोमतोमा उपभोक्ता समिति अनियमित ढंगले गठन गरि कार्य सम्पत्र गराई भुक्तानी समेत भई सकेको आरोप लगाएका छन् ।

खजुराको वडा नम्बर ६ स्थित भानु मा.वि. उढरापुरमा आव ०८०/०८१ को बजेट २ लाख बराबरको विद्यालयको खेल मैदानमा माटो पटान गर्ने योजनाको कार्य सम्पन्न प्रतिवेदनका लागि प्राविधिक मुल्याङ्कन गर्न नाप जाँचका लागि खटिएक प्राविधक लिला राज धामीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष शेषले मुक्का प्रहार गरेका थिए

गत माघ २४ गते मात्र वडा अध्यक्ष शेषले माटो पटान भएको खेल मैदानमा नाप जाँच नै नगरि सम्झौता बराबरको रकम बमोजिम प्राविधिक प्रतिवेदन तयार गर्न दबाव दिएको र नापजाँच नगरि प्रतिवेदन तयार गर्न नमान्दा धामीमाथि अस्लिल गाली गर्दै मुक्का प्रहार गरेको भन्दै कर्मचारीहरुले पालिकाको काम काजनै ठप्प पारेपछि वडा अध्यक्षले माफी मागेर काम काज सुचारु गराइएको थियो । जनप्रतिनिधिबाटै असुरक्षा भएको भन्दै कर्मचारीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारीसँग सुरक्षा समेत माग गरेका थिए ।वडा अध्यक्षको मुक्का प्रहारबाट प्राबिधिक धामी चोटलागेर घाइते भएका थिए ।

बाँकेका प्रमुख जिल्लाा अधिकारी श्रवणकुमार पोखरेलबाटे घटनाको विषयमा खजुराका जनप्रतिनिधि, हातपात गर्ने वडाध्यक्ष शेष र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल छलफल गरेर निष्कर्ष दिने कर्मचारीले आश्वासन पाएपनि पालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाको पहलमा वडा अध्यक्षले माफी मागेपछि तत्कालका लागि द्वन्द्व समाधान भएको थियो ।

वडा अध्यक्ष शेषले पत्रकारहरुलाई ५ सय रुपैयाँको प्रलोभन देखाउँदै चेत्र २१ गते पत्रकार सम्मेलन गर्ने र सो पत्रकार सम्मेलनमा आइदिन आग्रह गरेका छन् । पहिलो पोष्टमा पत्रकारलाई ५ सयको प्रलोभन देखाइएपनि पछि सो पोष्ट सम्पादन गरिएको छ ।

कर्मचारीमाथि स्पष्टीकरण र कारवाही सिफारिस समेत गर्ने अधिकार रहेको निमायमा रहेका जन प्रतिनिधिबाट कर्मचारीहरुको मानहानी हुने गरि सामाजिक सञ्जालबाट बेइज्जती गरिएको भन्दै कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत समक्ष पुनः सुरक्षाको माग गरेको बताइएको छ । उनीहरुले आफुहरुको मानहानी भएको भन्दै सुरक्षाको माग सहित निबेदन दिएको कर्मचारी स्रोतले जनाएको छ । गल्ती गरेका कर्मचारीलाई कारवाही गर्ने अधिकार भएका वडा अध्यक्षबाटै कर्मचारीको मानहानी हुने गरि प्रचारबाजी गरिनु आपत्तिको र निन्दनिय भएको नाम नछाप्ने सर्तमा पालिकाका एक कर्मचारीले बताए । यस सम्बन्धमा कर्मचारीहरुले सार्वजनिकरुपमा बोल्न अस्वीकार गरेका छन् भने पालिकाका प्रमुख प्रशासकीय अधिकृतले मोबाइल उठाएनन् ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक तुफानले आफुले घटना सम्बन्धमा बुझ्दै गरेको र छलफलका लागि वडा अध्यक्षलाई पालिकामा बोलाइएको जानकारी दिए । छलफलपछि मात्र केही भन्न सकिने उनले बताए ।

खजुरा ५ का वडा अध्यक्ष शेष माथि पालिकाको सबै भन्दा बढी बजेट ५ नम्बर वडामा लगेको अन्य वडा अध्यक्षहरुको आरोप छ । शेषको कदमले पालिकाको राम्रो सन्देश नगएको खजुरा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष धनराम ओलीले बताए । आरोपका विषयमा भने आफुले सबै बुझ्न नपाएको उनले बताए ।

वडा अध्यक्ष शेष यस अघि नै कोरियामा नेपाली पठाउने, सिमलघारीको ऐलानी तथा नम्बरी जग्गामा लाभ खोज्ने जस्ता आरोपमा चर्चामा रहेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ०५ बजे

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित- कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण