५ चैत्र २०८२, बिहिबार | March 19, 2026

सम्पर्क बिहिन भएका ठेकेदार कम्पनी मन्त्रीको दवावपछि अलपत्र सडकमा देखिए



खजुरा । लामो समयदेखि निर्माण अलपत्र रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरामा अलपत्र सडकमा स्थानीयको लगातारको दवाव पछि ठेकेदार कम्पनी देखा परेका छन् । गाँउपालिकाले संघीय भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठलाई अलपत्र सडकमा बोलाएर सडकको कन्तबिजोग देखाएपछि मन्त्रीको दवावमा ठेकेदार कम्पनी कार्यक्षेत्रमा देखिएको हो ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानको पहल तथा खजुरा क्षेत्र संरक्षण समिति सहित स्थानीयको दवाव सहितको आन्दोलनको चेतावनी पछि अध्यक्ष विकको आग्रहमा संघीय मन्त्री श्रेष्ठ अघिल्लो महिना खजुराको सडक अनुगमन गर्न पुगेका थिए ।

नेपालगन्ज गुलरिया सडक खण्डको खजुरा बजारको १८ सय मिटर बाटो निर्माण अलपत्र छाडेर ठेकेदार कम्पनी बेपत्ता भएपछि स्थानीयले विगत ४ वर्षदेखि सास्ती व्यहोर्दै आएका छन् ।

२०७४ सालमा इलामको गजुरमुखी निर्माण कम्पनीले २०७७ सालमा योजना सम्पन्न गर्नेगरि ठेक्का लिएको थियो । ३ पटक म्याद थप गर्दापनि ठेकेदारले बेवास्ता गरेपछि स्थानीय आन्दोलित भएका थिए ।

ठेकेदार कम्पनी कार्यक्षत्रमा देखा परेपनि काम सम्पन्न गर्नेमा आशंका रहेको स्थानीय व्यवसायी रोसन सापकोटाले बताए । थोरै काम गर्ने र काम गरेको भन्दा धेरै पैसा निकालेर जाने ठेकेदारको प्रवृत्ति रहेकाले विश्वास गर्न नसकिने उनले बताए ।

स्थानीयबासी र सञ्चारकर्मीको लगातारको खबरदारीका कारण सडकको काम सुरु गराउन सफल भइएको खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विकले बताए । उनले ठेकेदार कम्पनीले १५ दिनमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै पालिकाले काम सम्पन्न गराउन सक्रिय पहल गर्ने बताए ।

सडक डिभिजन कार्यालय नेपालगन्जले अनुगमन र निरिक्षण गर्ने गरि ३० करोड ३६ लाख लागत अनुमान गरिएको बर्दिया र बाँकेको गरि ४ किलोमिटर सडकलाई २१ करोड ४९ लाखमा ठेकेदार कम्पनीले गजुरमुखी निर्माण सेवाले ठेक्का कबुल गरेको थियो । सम्झौता अनुसार सडक बिचमा ग्रीन डिभाईडर र सडकको दुबै किनारमा नाली बनाउनु पर्ने थियो । तर ठेकेदार कम्पनीले खजुराको मुख्य बजारको बिचभाग सम्म नाली बनाएर काम रोकेपछि बजार क्षेत्र नै दुर्गन्धित बनेको छ ।

खजुरा बजार क्षेत्रको सडकको सडक दुर्घटनाको जोखिमको साथै धुँलोको कारण स्वास्थ्यमा पर्ने असरका साथै व्यवसायमा समेत असर परेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ९ : ४३ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर