५ चैत्र २०८२, बिहिबार | March 19, 2026

रासायनिक मलको मूल्यवृद्धिप्रति साना किसान कृषि सहकारी संघ बाराको आपत्ति



बारा । सरकारले रसायनिक मलको मूल्यमा भारी वृद्धि गरेको प्रति साना किसान कृषि सहकारी संघ बाराले आपत्ती जनाएको छ । किसानलाई दिँदै आएको सुविधा काटेर सरकारले अन्याय गरेको बारा संघले जनाएको हो ।

कृषि संघ बाराले किसानलाई समयमा मल समेत उपलब्ध गराउन नसकेको सरकारले यसअघि दिँदै आएको अनुदानमा समेत कैंचि लगाउँदा किसान थप मर्कामा पर्ने उल्लेख गरेको छ ।

‘नेपाल सरकारले कृषिमा अहोरात्र योगदान पुर्‍याउने रासायनिक मलमा अनुदान कटौती गरी मूल्यवृद्धि गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । कृषकलाई ठूलो आर्थिक भार पार्नेगरि गरिएको मूल्यवृद्धिको हामी विरोध गर्दछौं,’ संघका अध्यक्ष मिश्रीलाल सहनीद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा भनिएको छ ।

संघले सरकारसँग अनुदान कटौती गर्ने निर्णय तुरुन्त फिर्ता लिन माग गरिएको छ । ‘सरकारसँग अनुदान कटौती गर्ने निर्णय तुरुन्त फिर्ता लिन माग गर्दछौं । नेपाल कृषि प्रधान देश हो र यहाँका करिब ७० प्रतिशत जनसंख्या प्रत्यक्ष कृषि पेसामा जोडिएका छन् । हामी हाम्रो देशको खाद्य सुरक्षा, गरिबी निवारण, आर्थिक समृद्धि, निर्यात र व्यापार घाटा न्यूनीकरण तथा आत्मनिर्भर र रोजगारी सिर्जना गर्ने क्षेत्रको रूपमा बुझ्न पनि आग्रह गर्दछौं,’ संघले भनेको छ ।

अनुदान कटौटी गगरी गरिएको मुल्य वृद्धिको भत्सर्ना गर्दै कृषि संघले नेपाली कृषकहरूको अत्यावश्यक जरुरीका रासायनिक मल, बिउ, किटनाशक औषधि, सिँचाई, बजार व्यवस्था जस्ता कुराहरू सधैँ भोन्नु परिरहेका बेला गरिएको मुल्य वृद्धिले किसानका समस्या समाधान गर्नुको साटो उल्टै प्रत्यक्ष मार पार्ने काम भएको बताएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ११ : ११ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर