९ बैशाख २०८३, बुधबार | April 22, 2026

इजरायली सुरक्षा बलको कारबाहीमा ४ जना प्यालेस्टाइनीको मृत्यु, २३ घाइते



तेल अवीव । इजरायली सुरक्षा बलको कारबाहीमा वेस्ट बैंक क्षेत्रको जेनिनमा ४ जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् ।

सीएनएनले प्यालेस्टिनी प्राधिकरणको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सो बारे जानकारी गराएको हो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सुरक्षा बलले जानकारी गराएअनुसार ‘प्यालेस्टिनी इस्लामिक जिहाद आतङ्कवादी सङ्गठनका दुई अपरेटिभहरूलाई निष्क्रिय पारेका छन् ।’ कारबाहीका क्रममा सशस्त्र व्यक्तिहरूले सेनालाई गोली हानेको र त्यसको परिणाम स्वरूप हताहत भएको इजरायली सुरक्षा बलको दाबी छ ।

त्यसैगरी हमासले विज्ञप्ति जारी गर्दै जेनिनमा मारिएका दुई प्यालेस्टाइनी आफ्ना लडाकु भएको बताएको दाबी गर्दै हत्याको कडा शब्दमा निन्दा गरेको छ ।

यसैबीच प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले आतङ्कवादी र सर्वसाधारणसहित ८८ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ३ : २३ बजे

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

बागलुङ । गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र

ईरानमाथि बमबारी गर्ने धम्की दिएका ट्रम्पले किन बढाए युद्धविराम ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँगको युद्धविराम अनिश्चितकालका लागि बढाउने निर्णय

सरकारी गाडीको ठक्करबाट गैँडाकोटमा पैदलयात्रीको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा

जबजको मार्गमा अघि बढ्न एमालेको आह्वान, लोकप्रियतावाद अस्थायी चुनौती : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मार्गदर्शक सिद्धान्त

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

कैलाली । कैलालीका स्थानीय पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध