५ पुस २०८२, शनिबार | December 20, 2025

इजरायली सुरक्षा बलको कारबाहीमा ४ जना प्यालेस्टाइनीको मृत्यु, २३ घाइते



तेल अवीव । इजरायली सुरक्षा बलको कारबाहीमा वेस्ट बैंक क्षेत्रको जेनिनमा ४ जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् ।

सीएनएनले प्यालेस्टिनी प्राधिकरणको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सो बारे जानकारी गराएको हो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सुरक्षा बलले जानकारी गराएअनुसार ‘प्यालेस्टिनी इस्लामिक जिहाद आतङ्कवादी सङ्गठनका दुई अपरेटिभहरूलाई निष्क्रिय पारेका छन् ।’ कारबाहीका क्रममा सशस्त्र व्यक्तिहरूले सेनालाई गोली हानेको र त्यसको परिणाम स्वरूप हताहत भएको इजरायली सुरक्षा बलको दाबी छ ।

त्यसैगरी हमासले विज्ञप्ति जारी गर्दै जेनिनमा मारिएका दुई प्यालेस्टाइनी आफ्ना लडाकु भएको बताएको दाबी गर्दै हत्याको कडा शब्दमा निन्दा गरेको छ ।

यसैबीच प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले आतङ्कवादी र सर्वसाधारणसहित ८८ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ३ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको