२० माघ २०८२, मंगलबार | February 3, 2026

लुम्बिनी प्रदेशका युवाहरुलाई प्रदेश सरकारबाट ‘क्वालिटी’ तालीम



बुटवल । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले युवाहरूको लागि गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा र तालीम ‘क्वालिटी’ परियोजना सुरू गरेको छ । स्वीस सरकारको सहयोगमा प्राविधिक शिक्षाको क्षेत्रमा भएका कमी कमजोरीलाई सुधार गरेर युवाहरूलाई गुणस्तरीय प्राविधिक शिक्षाको पहुँच पु¥याउन मन्त्रालयले सो कार्यक्रम सुरू गरेको हो ।

परियोजनाको विषयमा मन्त्रालयले शुक्रबार विभिन्न पालिकाका प्रमुख÷उपप्रमुखहरू र सरोकारवाला पक्षसँग लुम्बिनीमा प्रादेशिक अभिमुखीकरण कार्यशाला गरेको छ ।

सो अवसरमा बोल्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम प्ररिषद लुम्बिनी प्रदेशका प्रमुख निर्देशक गोपाल आचार्यले प्राविधिक क्षेत्रमा जनशक्तिको ठूलो अभाव रहेकोले त्यसलाई छिट्टो पूर्ति गर्नुपर्नेमा जोड दिए । आचार्यले दरबन्दी अनुसार कर्मचारी नहुँदा समयमै नतिजा र तालीमहरु सञ्चालनमा कठिनाई भएको बताए ।

मन्त्रालयका अधिकृत तथा महाशाखा प्रमुख थानेश्वर ज्ञवालीले प्राविधिक तथा व्यवसायिक शिक्षा एंव तालीम (सिटिइभिटी) लागू भएका शिक्षालय र विद्यालयमा कार्यक्रम सञ्चालन हुने बताए । ‘यो कार्यक्रम प्राविधिक शिक्षामा धेरै सुधार ल्याउनेछ’ ज्ञवालीले भने, ‘प्राविधिक शिक्षालयहरूको ग्रेडिङ गर्ने । क्षमता वृद्धि गर्ने । प्रशिक्षक÷शिक्षकलाई तालीमको व्यवस्था गर्ने र विद्यालय सुधार गर्नेछ ।’

तानसेन नगरपालिका पाल्पाका उपप्रमुख प्रतिक्षा सिंजालीले सिटिईभिटीबाट उत्पादित जनशक्तिलाई नेपालमै रोजगारको अवसर हुनुपर्ने बताए । कार्यक्रममा क्वालिटी परियोजना सहयोग इकाई स्वीस कन्ट्रयाक कार्यक्रमका शिक्षाविद् डा. उषा भण्डारी र परियोजनाका टिम लिडर भानु पण्डितले प्रशिक्षण दिएका थिए ।

लुम्बिनीमा सिटिइभिटीका आंगिक स्कूल १० वटा, पाटनरसिपका ३ वटा, सिटिइभिटी लागू भएका ६० वटा र कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा सञ्चालन गरेका १०० वटा स्कूलहरू रहेका छन् । कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत मनोज कुमार गैरे, शाखा अधिकृत लक्ष्मण ज्ञवाली, घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका सदस्य माया खनाल लगायतले बोलेका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ९ : ४० बजे

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

जलेश्वर  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नं

सम्बन्ध सहकारीद्वारा स्थापना दिवसमा साधना विद्यालयलाई शैक्षिक सामग्री प्रदान

बुटवल । बुटवल-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका

भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु

रोम । सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट