१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

रूपन्देही सुपरलिगको उपाधि वेष्टर्न क्रिकेट क्लबलाई



भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिगको उपाधि बीएम डब्लु वेष्टर्न क्रिकेट क्लब, बुटवलले जितेको छ । शनिबार भैरहवामा सम्पन्न फाइनल खेलमा लुम्बिनी खुकुरी क्लबमाथि ५२ रनको जित निकाल्दै वेष्टर्नले उपाधि चुम्न सफल भएको हो । खुकुरीले उपविजेतामा चित्त बुझायो ।

उपाधिसँगै वेष्टर्नले १ लाख रुपैयाँ र ट्रफी हात पारेको छ । उपबिजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले ५० हजार र ट्रफी प्राप्त गर्यो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले मौसमका कारण ३६ ओभरमा झारिएको खेलमा २२.३ ओभरमा खेल्दै सबै विकेट गुमाएर जम्मा ९४ रनको झिनो योगफल बनाएको थियो । उसका लागि अनिलकुमार साहले २६, अनिल खरेलले २४ र देब खनालले २३ रन बनाए । बलिङमा लुम्बिनी खुकुरीका साहव आलमले ५.३ ओभरमा १ मेर्डनसहित १७ रन खर्चेर ६ विकेट लिए । यस्तै, इकलाख वारिसले १ विकेट लिए ।

प्रतिउत्तरमा ९५ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी खुकुरी २०.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ५२ रनमै समेटियो र उपविजेतामा चित्त बुझायो । खुकुरीका कुनै पनि खेलाडीले दोहोरो रन जोड्न नसक्दा टिमले सामान्य लक्ष्य भेट्टाउन नसकी हार ब्यहोरेको हो । खुकुरीका इकलाख वारिस र संदीप रजालीले सर्वाधिक ८–८ रन बनाए भने प्रज्वल थापाले ७ रन मात्रै जोडे । लुम्बिनी खुकुरीलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नकन बिष्णु पाण्डेले ४.१ ओभरमा १० रन खर्चिंदै सर्वाधिक ५ विकेट लिए । उनी म्यान अफ द फाइनल भई एक हजार रुपैयाँ प्राप्त गरे । यस्तै, अनिल खरेल र अभिषेक गौतमले समान २–२ तथा देब खनालले १ विकेट लिए ।

प्रतियोगितामा वेष्टर्नका अनिलकुमार साह म्यान अफ द सिरिज भए । उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै, लुम्बिनी खुकुरीका प्रज्वल थापा वेष्ट ब्याटर र इकलाख वारिस बेष्ट बलर बने भने बुटवल राइनोजका सुन्दर आले उदयीमान खेलाडी घोषित भए । उनीहरुले जनही ५ हजारका दरले पुरस्कार प्राप्त गरे । रुपन्देही क्रिकेट संघको आयोजनामा संचालित सुपरलिगको यो २२ औं संस्करण हो । २०५४ सालदेखि संघले नियमितरुपमा सुपरलिग आयोजना गर्दै आएको छ ।

नेपालमा जिल्लास्तरमा ५० ओभरको सुपरलिग आयोजना हुने रुपन्देही जिल्लामा मात्रै हो । प्रतियोगितामा ए र बी डिभिजनका गरी २० टिमको सहभागिता थियो । विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादु चन्द, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, नेपाल टेलिकमका निर्देशक शैलेशबहादुर अमात्य, संघका केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्ल, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका थिए । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ७ : ०७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग